महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व विद्यार्थीद्वारा गुरुहरुलाई सामूहिक अभिनन्दन

बिर्तामोड , महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीको पूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन आफ्ना गुरुहरुलाई गुरू दक्षिणास्वरुप सामूहिक अभिनन्दन गरेको छ ।
समाजले ९ जना पूर्व शिक्षकलाई र २ जना पूर्व शिक्षिका अभिनन्दन गरेको हो । पूर्व शिक्षकहरु ब्रजनन्दन झा  , मुकुन्द पौडेल , रामप्रसाद पौडेल , श्रीप्रसाद तिम्सिना , चन्द्रकुमार भट्टराई , विष्णुकुमार भट्टराई , तेजप्रसाद प्रसाई , देवेन्द्र गौतम, निरा प्रधान, लिला निरौला र सुकदेव चौधरीलाई सामूहिक अभिनन्दन गरिएको हो । ७० बर्ष वा सो माथि उमेर भएका ११ जना गुरुहरुलाई अभिनन्दनपत्र, कलम र डायरी , रुद्राक्षको माला, हट थर्मस , तामाको जग , चकलेटलगायतका उपहार प्रदान गरी अभिनन्दन गरिएको समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए ।

६५ बर्षको यस विद्यालयको ईतिहासमा पहिलो पटक गुरुहरुप्रति सम्मान प्रकट गरिएको जनाइएको छ ।  शिक्षाको दीप प्रज्वलित गरी आफू बलेर अरुलाई उज्यालो प्रदान गर्ने विद्यालय स्तरका गुरुहरु जन्म दिने आमापछिको दोस्रो ईश्वर सरह भएको भन्दै पूर्व विद्यार्थीहरुले गुरुहरुलाई गुरु दक्षिणास्वरुप अरु केही दिन नसके पनि भावनाले अभिनन्दन गरेको पोखरेलले बताए । पूर्व विद्यार्थी मदनगोपाल सुब्बाले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि मोहन शिवाकोटीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन लीला अनमोलले गरेकी थिइन् । कार्यक्रममा बालापनको संझना गराउन बरफ, ढुंग्री , मुरैको डल्ला खुवाइएको थियो ।

वि.सं. २०१४ सालमा श्री महेन्द्र रत्न मल्टीपर्पज मिडिल स्कूलको नामले स्थापना भएको यस विद्यालयको पहिलो प्रधानाध्यापक किशोर प्रसाई थिए । लालबहादुर घिमिरे , खड्गप्रसाद मैनाली र हस्तमान प्रधानले पनि बिभिन्न समयमा प्रअको भूमिका निर्वाह गरेका थिए । वि.सं. २०२५ सालमा कक्षा ८ को पढाई सुरु गरि यस विद्यालय माध्यमिक विद्यालय बन्ने प्रक्रियामा अघि बढेको थियो । वि.सं.२०२६ सालमा दाताराम शर्मा प्रधानाध्यापकको रुपमा यस विद्यालयमा आएपछि विद्यालयले माध्यमिक तहको स्वीकृति पाएको थियो । माध्यमिक विद्यालय बनाउने काम व्यवस्थापन समितिका सेक्रेटरी पदमबहादुर खड्काले गरेका थिए ।


त्यसपछि यस विद्यालयका विद्यार्थीहरुले २०२७ सालमा एसएलसी परीक्षामा समावेश हुने पहिलो पटक अवसर प्राप्त गरेका थिए । दुई छात्रा र आठ छात्राहरू पहिलोपटक एसएलसीमा समावेश भएका थिए । पहिलो पटक एसएलसी परीक्षामा समावेश भएर कपिलमणी प्रसाईं, उद्धवराज प्रसाईंले उत्तीर्ण गरेका थिए ।

पहिलो पटक समावेश हुने अन्य विद्यार्थीहरुमा केशव आचार्य, हरि चौधरी, हरि पोखरेल, नारायण तिम्सिना, नारायण श्रेष्ठ, रामप्रसाद पराजुली, सुनिता बिमली र बिशेश्वरा बिमली थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago