महेन्द्र रत्न माध्यमिक विद्यालयका पूर्व विद्यार्थीद्वारा गुरुहरुलाई सामूहिक अभिनन्दन

बिर्तामोड , महेन्द्र रत्न माध्यमिक विद्यालय अनारमनीको पूर्व विद्यार्थी समाजले गुरु पूर्णिमाका दिन आफ्ना गुरुहरुलाई गुरू दक्षिणास्वरुप सामूहिक अभिनन्दन गरेको छ ।
समाजले ९ जना पूर्व शिक्षकलाई र २ जना पूर्व शिक्षिका अभिनन्दन गरेको हो । पूर्व शिक्षकहरु ब्रजनन्दन झा  , मुकुन्द पौडेल , रामप्रसाद पौडेल , श्रीप्रसाद तिम्सिना , चन्द्रकुमार भट्टराई , विष्णुकुमार भट्टराई , तेजप्रसाद प्रसाई , देवेन्द्र गौतम, निरा प्रधान, लिला निरौला र सुकदेव चौधरीलाई सामूहिक अभिनन्दन गरिएको हो । ७० बर्ष वा सो माथि उमेर भएका ११ जना गुरुहरुलाई अभिनन्दनपत्र, कलम र डायरी , रुद्राक्षको माला, हट थर्मस , तामाको जग , चकलेटलगायतका उपहार प्रदान गरी अभिनन्दन गरिएको समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए ।

६५ बर्षको यस विद्यालयको ईतिहासमा पहिलो पटक गुरुहरुप्रति सम्मान प्रकट गरिएको जनाइएको छ ।  शिक्षाको दीप प्रज्वलित गरी आफू बलेर अरुलाई उज्यालो प्रदान गर्ने विद्यालय स्तरका गुरुहरु जन्म दिने आमापछिको दोस्रो ईश्वर सरह भएको भन्दै पूर्व विद्यार्थीहरुले गुरुहरुलाई गुरु दक्षिणास्वरुप अरु केही दिन नसके पनि भावनाले अभिनन्दन गरेको पोखरेलले बताए । पूर्व विद्यार्थी मदनगोपाल सुब्बाले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि मोहन शिवाकोटीले प्रकाश पारेका थिए । कार्यक्रमको संचालन लीला अनमोलले गरेकी थिइन् । कार्यक्रममा बालापनको संझना गराउन बरफ, ढुंग्री , मुरैको डल्ला खुवाइएको थियो ।

वि.सं. २०१४ सालमा श्री महेन्द्र रत्न मल्टीपर्पज मिडिल स्कूलको नामले स्थापना भएको यस विद्यालयको पहिलो प्रधानाध्यापक किशोर प्रसाई थिए । लालबहादुर घिमिरे , खड्गप्रसाद मैनाली र हस्तमान प्रधानले पनि बिभिन्न समयमा प्रअको भूमिका निर्वाह गरेका थिए । वि.सं. २०२५ सालमा कक्षा ८ को पढाई सुरु गरि यस विद्यालय माध्यमिक विद्यालय बन्ने प्रक्रियामा अघि बढेको थियो । वि.सं.२०२६ सालमा दाताराम शर्मा प्रधानाध्यापकको रुपमा यस विद्यालयमा आएपछि विद्यालयले माध्यमिक तहको स्वीकृति पाएको थियो । माध्यमिक विद्यालय बनाउने काम व्यवस्थापन समितिका सेक्रेटरी पदमबहादुर खड्काले गरेका थिए ।


त्यसपछि यस विद्यालयका विद्यार्थीहरुले २०२७ सालमा एसएलसी परीक्षामा समावेश हुने पहिलो पटक अवसर प्राप्त गरेका थिए । दुई छात्रा र आठ छात्राहरू पहिलोपटक एसएलसीमा समावेश भएका थिए । पहिलो पटक एसएलसी परीक्षामा समावेश भएर कपिलमणी प्रसाईं, उद्धवराज प्रसाईंले उत्तीर्ण गरेका थिए ।

पहिलो पटक समावेश हुने अन्य विद्यार्थीहरुमा केशव आचार्य, हरि चौधरी, हरि पोखरेल, नारायण तिम्सिना, नारायण श्रेष्ठ, रामप्रसाद पराजुली, सुनिता बिमली र बिशेश्वरा बिमली थिए ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago