सेयर बजारबारे राष्ट्र बैंकले ल्याएको नीति गलत

काठमाडौँ: सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न गरेका छन् । एमाले अर्थ तथा योजना विभागको सदस्यमा गभर्नर अधिकारीको नाम रहेको चर्चा चलिरहेका बेला सांसद थापाले पनि प्रश्न उठाएका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिबारे नेपाल राष्ट्र बैंकलाई सुझाव दिने क्रममा थापाले गभर्नरमाथि प्रश्न उठाएका हुन् । ‘आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउँदा अर्थतन्त्रलाई चलायमान हुने गरी ल्याउनुपर्छ । तरलताको अभाव, चुँलिदो व्यापार घाटा, घट्दो विदेशी मुद्रा सञ्चिति, अकासिँदो मूल्यवृद्धि र मागमा संकुचलन यी चुनौतिहरूलाई सामना गर्ने गरी मौद्रिक नीति ल्याइनुपर्छ,’ उनले राष्ट्र बैंकलाई सुझाव दिए, ‘परियोजनामा आधारित कर्जा, बैंकिङ प्रणालीबाहिर रहेको पैसालाई सिस्टममा ल्याउने कुरा र केही घरानाहरूको कब्जामा रहेको अर्थतन्त्रलाई बाहिर ल्याएर आउने आँट मौद्रिक नीतिमार्फत गरिनुपर्छ ।’
सेयर बजारबारे राष्ट्र बैंकले ल्याएको नीति गलत रहेको पनि थापाको भनाइ थियो । उनले ठूला लगानीकर्तालाई पोस्नका लागि सानालाई पेल्ने नीति राष्ट्र बैंकले लिएकोमा आलोचना गरे । ‘सेयर बजारमा सुधार गर्ने भनेर नीति ल्याइयो । यसले ठूलालाई पोस्ने, सानालाई कस्ने काम भयो । राष्ट्र बैंकले जे सोचेको भए पनि नेपाली जनताले अपेक्षा गरेको परिणाम नआइसकेपछि अब यसलाई सच्याउनुपर्छ । यसलाई सच्याइएन, हटाइएन, बन्द गरिएन भने लाखौं सेयरमा लगानी गरेका साना लागानीकर्ताहरू सडकमा आइपुग्छन्,’ उनको भनाइ थियो ।

यसरी राष्ट्र बैंकलाई सुझाव दिएका सांसद थापाले गभर्नरमाथि भने प्रश्न उठाएका छन् । उनले भने, ‘मैले गरेको यो सबै, सम्पूर्ण अनुरोध नेपाल राष्ट्र बैंकको गभर्नर श्री महाप्रसाद अधिकारीलाई हो । एमालेको अर्थ तथा योजना विभाग सदस्य मिस्टर एम. अधिकारीलाई मलाई भनेको हो कि भन्ने बुझ्नुभएमा क्षमा चाहन्छु ।’

गभर्नर अधिकारीको राजनीति दलमा आबद्धतालाई लिएर छानबिन गर्नुपर्ने माग माओवादी केन्द्रले संसद्‍मा नै उठाएको अवस्थामा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका महामन्त्री थापाले पनि प्रश्न उठाएका हुन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago