चितवन: जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन् ।

स्वास्थ्य कार्यालयका औलो रोग सम्पर्क व्यक्ति उर्मिला आचार्यका अनुसार भाइभाक्स, फाल्सिपारम, मलेरी, ओवाले, नोलेसीमध्ये कुनै एक परजीवी सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग सर्ने गर्दछ । ती परजीवीमध्ये फाल्सिपारम सबैभन्दा डरलाग्दो हुने उनले जानकारी दिए ।

विश्वमा चार सय जातका एनोफिलिज जातका लामखुट्टे पाइने भए पनि ६० जातमा मात्रै औलोको परजीवी प्रमाणित भएको कार्यालयले जनाएको छ । गत आर्थिक वर्षमा कोरोनाका कारण लकडाउन हुँदा मानिस घरबाट बाहिर ननिस्कनु, पानी कम परेकाले बिरामीको सङ्ख्या कम भएको उहाँले बताउनुभयो । यस वर्ष नियमित जसो पानी पर्नु र मानिसको चहलपहल बढ्नुले औलोको सङ्क्रमण बढेको उनले जानकारी दिए ।

औलो हुँदा लगातार वा दिन बिराएर ज्वरो आउनु, चेतनामा परिवर्तन आउनु अथवा बेहोस हुनु, कम्जोर हुनु वा उठबस गर्न नसक्नु, खान नसक्नु, धेरै कम्पन हुनु, गहिरो स्वास लिनु लगायतका लक्षण देखापर्ने गर्दछ । यस रोगबाट बच्न पानीका खाल्डाखुल्डी पुर्नु पर्ने, झूलको प्रयोग नियमित गर्नुपर्ने, शङ्कास्पद देखिए तत्काल चिकित्सकको परामर्शमा जानु औलोबाट बच्ने मुख्य उपाय रहेको कार्यालयले जनाएको छ । नेपाललाई सन् २०२६ सम्म औलो मुक्त बनाउने घोषणा गरिएको छ । रासस

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago