नेपाली व्यवशायी संघ नागोयाको प्रथम अधिवेशन सम्पन्न , अध्यक्षमा नरवहादुर थापा चयन ।

जापान । नेपाली व्यवशायी संघ नागोयाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा नरवहादुर थापालाई र्निविरोध चयन गरेको छ। अधिवेशनको खुल्ला सत्रमा सहभागीको प्रश्न तथा जिज्ञासाहरुलाई नेपाली व्यवशायी संघ केन्द्रिय अध्यक्ष बिजय गौचन, वरिष्ठ उपाध्यक्ष ददिबल खड्का, कोषाध्यक्ष नरवहादुर थापाले प्रष्याएका थिए।

नागोयामा बिभिन्न व्यवशायमा रहेका नेपालीहरुको उक्त भेलाले उपाध्यक्षमा अर्जुन केसी, गंगा घर्तिमगर, सीता कोईराला चयन गरेको छ। त्यस्तै सचिवमा सन्देश पोख्रेल , सह – सचिवमा बिन्दु शर्मा , मनोज केसी, कोषाध्यक्षमा युवराज गौतम चयन गरेका छन्। कार्यसमिति सदस्यमा योवन देवान, दिनेश गौतम, विष्णुकुमार गिरी, प्रविण अधिकारी, साइमन बिश्वकर्मा , निरज थापा, गोबिन्द्र रिजाल, मित्र सिक्देल रहेका छन् ।अन्य सदस्यहरुमा बिन्दुश्री थापा, राम खरेल, श्याम सितल, राजकुमार अधिकारी, प्रेम राई, धन खत्री, भेषनाथ गौतम र गोविन्द्रप्रसाद भुषाल चयन भएका छन्।

कार्यक्रममा निर्वाचित समितिलाई नेपाली व्यवशायी संघका केन्द्रिय कार्यसमिति सदस्य विष्णुप्रसाद घिमिरे , बाबुराम खरेल, गल्कोट समाज जापानका संरक्षक मोहन खत्री ,जनप्रगतिशिल मञ्चका अध्यक्ष भवानी पन्त, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, एनआर एनए जापानका सचिव श्याम शितल , उपाध्यक्ष राजकुमार अधिकारी , एनआरएनए एशिया प्यासिफिक उपाध्यक्ष एवं नेपाल जापान संघका र्बारष्ठ उपाध्यक्ष ददिबल खड्का, नेपाल व्यवशायी संघका अध्यक्ष बिजय थकाली, नेपाल पत्रकार महासंघ जापान साखाका सल्लाहकार कविकिरण न्योउपाने, एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एन आरएनएका उपाध्यक्ष गोबिन्द्र श्रेष्ठ लगाएतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।

नेपाली व्यवशायी संघले चाडैं ओसाका र फुकोओकामा पनि संगठन विस्तार गर्ने बताईएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago