नेपाली व्यवशायी संघ नागोयाको प्रथम अधिवेशन सम्पन्न , अध्यक्षमा नरवहादुर थापा चयन ।

जापान । नेपाली व्यवशायी संघ नागोयाको प्रथम अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा नरवहादुर थापालाई र्निविरोध चयन गरेको छ। अधिवेशनको खुल्ला सत्रमा सहभागीको प्रश्न तथा जिज्ञासाहरुलाई नेपाली व्यवशायी संघ केन्द्रिय अध्यक्ष बिजय गौचन, वरिष्ठ उपाध्यक्ष ददिबल खड्का, कोषाध्यक्ष नरवहादुर थापाले प्रष्याएका थिए।

नागोयामा बिभिन्न व्यवशायमा रहेका नेपालीहरुको उक्त भेलाले उपाध्यक्षमा अर्जुन केसी, गंगा घर्तिमगर, सीता कोईराला चयन गरेको छ। त्यस्तै सचिवमा सन्देश पोख्रेल , सह – सचिवमा बिन्दु शर्मा , मनोज केसी, कोषाध्यक्षमा युवराज गौतम चयन गरेका छन्। कार्यसमिति सदस्यमा योवन देवान, दिनेश गौतम, विष्णुकुमार गिरी, प्रविण अधिकारी, साइमन बिश्वकर्मा , निरज थापा, गोबिन्द्र रिजाल, मित्र सिक्देल रहेका छन् ।अन्य सदस्यहरुमा बिन्दुश्री थापा, राम खरेल, श्याम सितल, राजकुमार अधिकारी, प्रेम राई, धन खत्री, भेषनाथ गौतम र गोविन्द्रप्रसाद भुषाल चयन भएका छन्।

कार्यक्रममा निर्वाचित समितिलाई नेपाली व्यवशायी संघका केन्द्रिय कार्यसमिति सदस्य विष्णुप्रसाद घिमिरे , बाबुराम खरेल, गल्कोट समाज जापानका संरक्षक मोहन खत्री ,जनप्रगतिशिल मञ्चका अध्यक्ष भवानी पन्त, गल्कोट समाज जापानका अध्यक्ष यम खत्री, एनआर एनए जापानका सचिव श्याम शितल , उपाध्यक्ष राजकुमार अधिकारी , एनआरएनए एशिया प्यासिफिक उपाध्यक्ष एवं नेपाल जापान संघका र्बारष्ठ उपाध्यक्ष ददिबल खड्का, नेपाल व्यवशायी संघका अध्यक्ष बिजय थकाली, नेपाल पत्रकार महासंघ जापान साखाका सल्लाहकार कविकिरण न्योउपाने, एनआरएनए आईसिसि सदस्य दिपक कार्की, एन आरएनएका उपाध्यक्ष गोबिन्द्र श्रेष्ठ लगाएतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए।

नेपाली व्यवशायी संघले चाडैं ओसाका र फुकोओकामा पनि संगठन विस्तार गर्ने बताईएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago