मन्त्री शर्माको राजीनामा माग्न थालिएपछि अर्थ मन्त्रालय उनको बचाउमा

काठमाडौँ – बजेटको गोपनीयता र मर्यादा भङ्ग गरेको भन्दै को राजीनामाका लागि चौतर्फी आवाज उठ्न थालेपछि अर्थमन्त्रालय उनको बचाउमा उत्रिएको छ।

अर्थमन्त्रालयका प्रवक्ता तथा सहसचिव भुपाल बरालले अर्थमन्त्रीमाथि लागेको आरोपको बुँदागत खण्डन नगरी पत्रकारिताको अभ्यासप्रति आक्रोश पोखेका छन्।बजेटको अघिल्लो राति मन्त्रालयमा अर्थमन्त्री शर्मा, सचिवद्वय मधु मरासिनी र कृष्णहरि पुष्करसँगै अर्को सहसचिव चक्रबहादुर बुढासँगै बराल पनि उपस्थित रहेको त्यही बेला मन्त्रीले अवकाश प्राप्त नासु रघुनाथ घिमिरे र अर्का एक व्यक्तिलाई बोलाई बजेटबारे उनीहरुको सुझाव स्वीकार गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए।

अर्थमन्त्री शर्माले बजेटको गोपनीयता भंग गरेको र निहित स्वार्थसँग साँठगाँठ गरी मुलुकको अर्थतन्त्र उनीहरुको पक्षमा समर्पण गरेको आरोप लागिरहेकै बेला प्रवक्ता बरालले शर्माको बचाउ गरेका हुन्।

बरालले आफ्नो प्रतिवादमा पूर्वनासु घिमिरे र अर्थमन्त्री शर्माले सिए साप् भनी चिनाएका व्यक्ति उपस्थित थिए या थिएनन् तथा मन्त्री शर्माले उनीहरुको सुझाव मान्न निर्देशन दिएका थिए या थिएनन् भन्नेबारे भने जानकारी दिएका छैनन्। सोमबार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाुशन गरेको समाचारमा जेठ १४ गते राति अर्थमन्त्री शर्माले करका दर परिवर्तन गर्न मर्यादा विपरीत घिमिरेलाई जिम्मेवारी दिएको समाचार प्रकाशन गरेपछि अर्थले खण्डन गरेको हो।

मन्त्रालयका प्रवक्ता बरालले विज्ञप्ति जारी गर्दै अर्थमन्त्रीविरुद्ध भ्रम पैदा गरेको दाबी गरेका छन्। बजेट निर्माणमा अर्थमन्त्रीसहित मन्त्रालयको टिम लागेको दाबी बरालले गरेका छन्। उनले भनेका छन्, ‘मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशिल रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ।’

अर्थ मन्त्रालयले आफ्नो विषय वस्तुको खण्डन भन्दा पनि विज्ञप्तिमार्फत पत्रकारिताको विश्वसनीयतामाथि चिन्ता व्यक्त गरेको छ। अर्थले समाचार तथ्य तथ्याङ्कमा आधारित नभएको भन्दै पत्रकारिताको विश्वसनीयताबारे प्रश्न गरेको हो।

‘सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाई राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने र पत्रकारिताको विश्वसनीयतामा समेत ह्रास आउने गर्दछ,’ मन्त्रालयले अगाडि भनेको छ, ‘अतः वजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मूलुकको आर्थिक विकासको गतिलाई तिव्रता दिनुपर्ने समयमा भ्रामक तवरले प्रकाशित यस प्रकारका समाचारको मन्त्रालय खण्डन गर्दछ। साथै वास्तविकता र तथ्य बुझेर मात्र समाचार प्रकाशन गर्न आम संचारकर्मीहरुलाई मन्त्रालय हार्दिक अनुरोध गर्दछ।’

मन्त्री शर्माले कानुन र मर्यादा विपरीत अनाधिकृत व्यक्तिलाई करको दर हेरफेर गर्न लाएको थाहा पाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार बोलाएर राजीनामा दिन निर्देशन दिएका छन्।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago