सुर्खेत – कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन्। हातहातमा क्यानी, बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भीड बढेको छ। भारतीय भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेको नेपाल आउने ट्यांकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।
सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झर्न थालेपछि तेल हाल्न सवारी साधनको भीड लागेको छ। प्रहरीले सोमबार दिउँसोबाट भीड नियन्त्रण हम्मेरहम्मे परेको छ। तेल हाल्नेको भीडका कारण सुर्खेत–नेपालगंज सडकखण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ। हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो। दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो।
भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले कोडमा समस्यामा आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए।
‘भारतीय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ,’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने। उनका अनुसनर मंगलबारदेखि धनगढीबाट ल्याएर भए पनि वितरणमा सहज हुनेछ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…