सुर्खेत – कर्णाली प्रदेशमा पेट्रोलियम पदार्थको अभाव भएको छ। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा पेट्रोलियम पदार्थको अभाव हुँदा उपभोक्ता मारमा परेका छन्। हातहातमा क्यानी, बोत्तल लिएर पेट्रोल पम्पमा जानेको भीड बढेको छ। भारतीय भन्सारमा विद्युतीय सिस्टम परिवर्तन गरेकाले इन्धन बोकेको नेपाल आउने ट्यांकरहरु नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगमले जनाएको छ।
सोमबार वीरेन्द्रनगरका पेट्रोल पम्पहरुमा तेल झर्न थालेपछि तेल हाल्न सवारी साधनको भीड लागेको छ। प्रहरीले सोमबार दिउँसोबाट भीड नियन्त्रण हम्मेरहम्मे परेको छ। तेल हाल्नेको भीडका कारण सुर्खेत–नेपालगंज सडकखण्डको खजुरामा केही समय सडक अवरुद्ध भएको थियो। मंगलबारदेखि पेट्रोलको हाहाकार कम हुने नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालयले जनाएको छ। हाहाकार भएको ३ दिनपछि सोमबार वीरेन्द्रनगरका ५ वटा पम्पमा ४ हजार लिटरको पेट्रोल झरेको हो। दिपमाला, बुलबुले, नारायण, गंगामाला र शंकर पेट्रोल पम्पमा पेट्रोल झरेको थियो।
भारतीय भन्सारमा विद्युतिय सिस्टम परिवर्तन गरेकाले कोडमा समस्यामा आउँदा नेपाल आउने इन्धन बोकेका गाडी नाकामै रोकिँदा तेल अभाव भएको नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले बताए।
‘भारतीय नाकामा सुर्खेत आउने ५ लाख लिटर पेट्रोल र १२ लाख लिटर डिजेल रोकिएको छ,’ नेपाल आयल निगम कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख राजकुमार केसीले भने। उनका अनुसनर मंगलबारदेखि धनगढीबाट ल्याएर भए पनि वितरणमा सहज हुनेछ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…