नागोयामा विद्यार्थीको समस्या बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न

 कविकिरण न्योपाने । जापानको नागोया शहरमा जापान आएका विद्यार्थीको समस्या र समाधान वारे बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा आयोजकले सोचे भन्दा बढि संस्थामा विधार्थीहरु उपस्थिति भएपछि आयोजकलाई व्यवस्थापन गर्न हम्मे – हम्मे परेको थियो। हामीले सोचे भन्दा बढि सहभागी आएकोले व्यवस्थापन गर्न केहि गाह्रो भएको हो , र पनि राम्रो व्यवस्थापन गरौं एनआरएनए , नागोयाका उपाध्यक्ष कुशल पौडेलले भने। कार्यक्रमको आयोजना एनआरएनए जापान , क्षेत्रीय समिति नागोया र नेपाली विद्यार्थी समाज जापानले संयुक्त रुपमा गरेका थिए।

कार्यक्रममा उपस्थित अधिकांश विधार्थीको यौट्टौं कोठामा धेरै विद्यार्थीहरु कोचेर राखेको गुनासो आएको थियो। जुन नेपालीहरुले सञ्चालन गरेको होस्टलमा यो समस्या अधिक थियो। उनिहरुले जापानमा अरुबाट नभई नेपालीले नेपालीबाटै ठगिन परेको पिडा हामी संगको संम्बादमा पोखेका थिए। जापानमा नेपालीका निम्ति भनेर खोलेका संघ – संस्थाको ध्यान त्यस तर्फ जान पर्ने उनिहरुको आवाज थियो। त्यस पछिको ठूलो समस्या भनेको जापान आएको महिनौं सम्म पनि काम नपाउनु थियो। कोभिट महामारीको कारण जापानमा आउन लामो समय बन्द रहेर हालैं विद्यार्थी आउन खुल्ला भए पछि एकै चोटी धेरैको संख्यामा विद्यार्थीहरु जापान आएकोले केहि समयको लागी यस्तो अवस्था आएको जानकारहरु बताउँछन ।

एनआरएनए नागोयाका सचिव विष्णु बहादुर कार्कीले सञ्चालन गरेको औपचारिक कार्यक्रमको सहजिकरण भने एनआरएनए जापानका सचिव श्याम शितलले गरेका थिए। कार्यक्रमको प्रमुख अतिथिको रुपमा एनआरएनएका अध्यक्ष डा बद्रि केसीले जुम मार्फत कार्यक्रमको शुभकामना व्यक्त गरेका थिए भने विषेश अतिथिको रुपमा एनआरएनएका उपाध्यक्ष गोविन्द्र श्रेष्ठले कार्यक्रमको उद्‌घाटन गरेका थिए। कार्यक्रम व्यवस्थापनको क्रममा एनआरएनएका नेताहरु विच असमझदारी भएको देखिन्थ्यो ।

मन्तव्य राख्ने क्रममा एनआरएनएका उपाध्यक्ष गोबिन्द्र श्रेष्ठले आफु एनआरएनए बाट नभई नागोया बासीको तर्फबाट कार्यक्रममा उपस्थित भएको बताएका थिए। उनले उपस्थित विद्यार्थीहरुलाई रोजगारीको आस्वाशन दिए भने एनआरएनए आइसिसि सदस्य दिपक कार्कीले समस्यामा परेका हरेक नेपालीलाई आफुहरुले सहयोग गरिरहको र भविश्यमा पनि गर्ने बताए। कार्यक्रममा नेपाल विद्यार्थी समाज जापानका अध्यक्ष अजय रानाले जापानको सामान्य कानुनको बारेमा चर्चा गरेका थिए। नायोयामा हालै सञ्चालित तोकाई बाटिका ईन्टरनेशनल स्कूलका अध्यक्ष डा सुदिप अधिकारीले विधार्थीले कसरी जापानमा छात्रावृति पाउने भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए।

एनआरएनए एसिया प्यासिफिक संयोजक समेत रहेका पारश मणि पोख्रेलले जापानका मानिसक र शारिरिक रुपमा कसरी सक्षम रहने भन्ने बारेका धारणा राखेका थिए। त्यस्तै नागोयाको वर्डा कार्यलयमा कार्यरत मनोज ढुंगानाले जापानमा विद्यार्थीको लागी व्यक्तिगत स्वास्थ्य बिमाको आवश्यकता र महत्वका बारे प्रकाश पारेका थिए। जापानमा विद्यार्थी भिषामा आएर यहि पिएचडि गरेका अर्का वक्ता डा सरोज कँडेलले जापानमा नेपाली विद्यार्थीको सुन्दर भविश्यको बारेमा धारणा राखेका थिए।

कार्यक्रममा कम्पनीहरुमा काम लगाउने जापनिज र नेपाली प्रतिनिधीहरुले जापानमा रोजगारीका अवशर र कामको बारेमा चर्चा गरेका थिए। कार्यक्रमको समापनको क्रममा कार्यक्रम सफल पार्न योगदान पुऱ्याउने महानुभावहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रम एनआरएनए नागोयाका संयोजक मनोजबम मल्लको अध्यक्षता सम्पन्न भएको थियो।

Comments
Sanjay poudyal

Recent Posts

फोरेक्स रेमिटेन्सद्वारा मोवाईल एप्लिकेसन संचालन

जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…

55 years ago

बिर्तामोड रन २०८१: आजैबाट अनलाइन दर्ता खुल्ला

बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…

55 years ago

“उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४ को दोश्रो वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न”

दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…

55 years ago

“सहकारी ठगी प्रकरणमा रवि लामिछाने पक्राउ: रास्वपा कार्यकर्ताको प्रधानमन्त्रीविरुद्ध नाराबाजी”

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…

55 years ago

“चीनको विद्युतीय क्रान्ति: विश्वका ठूला कार निर्माता संकटमा, बीवाईडीले लियो अग्रस्थान”

काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…

55 years ago

“समर्पण टुर २०२४: लण्डन म्युजिक हलमा सबिन राई एण्ड द फरोजको पहिलो ऐतिहासिक लाइभ प्रस्तुति”

काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…

55 years ago