बिर्तामोड , झापामा ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बिहान ७ बजे शुरु भएर निर्धारत समय साँझ ५ बजेसम्म त्यति मत खसेको निर्वाचन कार्यालय प्रमुख तुलसीकुमार नेपालले बताए । उनले बिर्तामोड नगरपालिका वडा नं ४ अन्तर्गत पुरानो बिजुली अफिस मतदान केन्द्रमा मतदान स्थगित भएकोले त्यहाँको मत प्रतिशत नआएको बताए । मतदानको निर्धारित समय सकिनै लाग्दा साँझ ४.४५ बजे त्यहाँ मतदान स्थगित भएको हो । मतदान अधिकृतले हस्ताक्षर नगरेको मतपत्र मतदातालाई दिइएपछि विवाद भएको हो । अन्य मतपत्रमा पनि हस्ताक्षर नभएको आशंका गर्दै मतदान स्थगित गरिएको नेपालले बताए ।त्यस विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।
जिल्लाभर मतदान शान्तिपूर्ण सम्पन्न भएको उनले बताए । झापामा ६ लाख ४६ हजार २३४ जना मतदाता रहेका छन् । उनीहरुको लागि २८६ मतदानस्थल र ७५५ मतदान केन्द्र व्यवस्था गरिएको थियो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…