चितवनमा ६० प्रतिशत मत खस्यो,अर्थात् करिब दुई लाख ३८ हजार मत

चितवन – चितवनमा अहिलेसम्म ६० प्रतिशत अर्थात् करिब दुई लाख ३८ हजार मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले जानकारी दिएका छन् । उनकाअनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।

निर्धारित समय साँझ ५ बजेसम्ममा जिल्लामा ७० प्रतिशत मत खस्ने अनुमान रहेको उनले जानकारी दिए। ‘कुनै केन्द्रमा ६५ प्रतिशत मत पनि खसिसकेको छ। केहीमा ५५ प्रतिशतको हाराहारीमा पनि मत खसेको छ’, उनले भने। ५ बजेभित्र मतदान स्थलभित्र प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने उनले बताए ।

चितवनमा तीन लाख ९७ हजार ६८५ मतदाता छन्। १६१ वटा मतदान स्थल र ४५१ मतदान केन्द्र छन्। प्रायः गरेर विद्यालयलाई नै मतदान स्थलका रुपमा प्रयोग गरिएको छ ।

गठबन्धनले ‘चिट आतंक’ मच्चाएपछि मतदान केन्द्रहरुको अनुगमन गरी चिट नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइएको उनले बताए ।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago