विराटनगर: उदयपुरको कटारी नगरपालिका–१० सोरुङस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतपेटिका लुट्न खोजेको भन्दै प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ । गोली लागेर १८ वर्षीय प्रविण भनिने वीर बहादुर कटुवालको मृत्यु भएको स्थानीयले जनाएका छन् । अर्का १३ वर्षीय वालक मोहन श्रेष्ठ समेत गोली लागेर घाइते भएका छन् ।
उदयपुर प्रशासनले भने घटनाबारे बोल्न चाहेको छैन । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले मतदान सकिएपछि मतदान केन्द्रमा रहेको मतपेटिका सिलबन्दी गर्ने क्रममा लुटपाट गर्न खोजिएको र त्यसपछि प्रहरीले ८ राउण्ड गोली चलाएको जानकारी दिए ।
घटनामा एक प्रहरी र एक सर्वसाधारण घाइते भएको उनले बताए । प्रवक्ता राईले उक्त घटनामा कसैको मृत्यु भए नभएको कुरा जानकारी आइनसकेको बताए । घटना अनुसार मतदानको समय सकिन लाग्दा केहि विवाद भएको थियो । त्यसपछि मतदान केन्द्रमा आक्रमण गर्न खोजिएकोले मतपेटिकाको सुरक्षाका लागि प्रहरीले गोली चलाएको प्रवक्ता राईले बताए ।
घटनामा प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका कटारी नगरपालिका–१० का १८ वर्षे वीरबहादुर कटुवालको फोटो स्थानीयले सामाजिक संजालमा राखेका छन् । माओवादी केन्द्रका स्थानीय नेता इश्वर पोखरेलले सामान्य भनाभन हुँदा प्रहरीले चलाएको गोली लागेर कटुवालको मृत्यु भएको दाबी गरेका छन् । घटनास्थलमा स्थानीयले खिचेको तस्वीर अनुसार कटुवालको छातीमा गोली लागेको देखिन्छ ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले मतपेटिकालाई मतदान केन्द्रबाट बाहिर निकाल्ने तयारी गर्दा ५ बजेतिर घटना भएको बताए । उनले सुरक्षाकर्मीले गोली चलाएको पुष्टि गरेपनि घटनामा कसैको मृत्यु भएको छ छैन भन्ने कुरा पुष्टि नभएको बताए । अहिले मतदान केन्द्रमा नेपाली सेनासहितको थप सुरक्षा टोली पुगेको जानकारी दिए । प्रजिअ यादवले मतपेटिकाहरु सुरक्षित रहेको बताउँदै सुरक्षाकर्मीहरुको सहयोगमा कटारी लैजाने तयारी भइरहेको बताए । तर स्थानीयले मतदान केन्द्र बाहिर अझैपनि अवरोध गरिरहेको समेत दाबी गरे ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…