एक युवकको मृत्यु, मतपेटिका लुट्न खोजेको भन्दै प्रहरीद्वारा गोली प्रहार

विराटनगर: उदयपुरको कटारी नगरपालिका–१० सोरुङस्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा मतपेटिका लुट्न खोजेको भन्दै प्रहरीले गोली चलाउँदा एक युवकको मृत्यु भएको छ । गोली लागेर १८ वर्षीय प्रविण भनिने वीर बहादुर कटुवालको मृत्यु भएको स्थानीयले जनाएका छन् । अर्का १३ वर्षीय वालक मोहन श्रेष्ठ समेत गोली लागेर घाइते भएका छन् ।

उदयपुर प्रशासनले भने घटनाबारे बोल्न चाहेको छैन । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविन राज राईले मतदान सकिएपछि मतदान केन्द्रमा रहेको मतपेटिका सिलबन्दी गर्ने क्रममा लुटपाट गर्न खोजिएको र त्यसपछि प्रहरीले ८ राउण्ड गोली चलाएको जानकारी दिए ।

घटनामा एक प्रहरी र एक सर्वसाधारण घाइते भएको उनले बताए । प्रवक्ता राईले उक्त घटनामा कसैको मृत्यु भए नभएको कुरा जानकारी आइनसकेको बताए । घटना अनुसार मतदानको समय सकिन लाग्दा केहि विवाद भएको थियो । त्यसपछि मतदान केन्द्रमा आक्रमण गर्न खोजिएकोले मतपेटिकाको सुरक्षाका लागि प्रहरीले गोली चलाएको प्रवक्ता राईले बताए ।

घटनामा प्रहरीको गोली लागेर मृत्यु भएको भनिएका कटारी नगरपालिका–१० का १८ वर्षे वीरबहादुर कटुवालको फोटो स्थानीयले सामाजिक संजालमा राखेका छन् । माओवादी केन्द्रका स्थानीय नेता इश्वर पोखरेलले सामान्य भनाभन हुँदा प्रहरीले चलाएको गोली लागेर कटुवालको मृत्यु भएको दाबी गरेका छन् । घटनास्थलमा स्थानीयले खिचेको तस्वीर अनुसार कटुवालको छातीमा गोली लागेको देखिन्छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले मतपेटिकालाई मतदान केन्द्रबाट बाहिर निकाल्ने तयारी गर्दा ५ बजेतिर घटना भएको बताए । उनले सुरक्षाकर्मीले गोली चलाएको पुष्टि गरेपनि घटनामा कसैको मृत्यु भएको छ छैन भन्ने कुरा पुष्टि नभएको बताए । अहिले मतदान केन्द्रमा नेपाली सेनासहितको थप सुरक्षा टोली पुगेको जानकारी दिए । प्रजिअ यादवले मतपेटिकाहरु सुरक्षित रहेको बताउँदै सुरक्षाकर्मीहरुको सहयोगमा कटारी लैजाने तयारी भइरहेको बताए । तर स्थानीयले मतदान केन्द्र बाहिर अझैपनि अवरोध गरिरहेको समेत दाबी गरे ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago