बारा: बारामा एउटै नगरपालिकाको दुई वटा वडाका चार वटा मतदान केन्द्रको मतदान रद्द भएको छ । रद्द गरिएको मतदान कहिले गर्ने भने तोकिएको छैन । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका पचरौता नगरपालिका–२ का श्रीनगर बैरिया र भट्टी बैरिया गाउँस्थित दुई वटा मतदान केन्द्रको मतदान रद्द गरिएको हो । त्यस्तै, वडा–४, बेल्दारी गाउँस्थित मतदान केन्द्रको समेत मतदान रद्द गरिएको मतदान अधिकृत नीरबहादुर दाहालले बताए ।

झडपको क्रममा तीन उम्मेदवारसहित कम्तिमा २० जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रु ग्याँस प्रहार गरेका थिए ।
मतदान सुरु भएको केही बेरमै जसपा र एमालेबीच विवाद भएर दुई पक्षीय झडप भएपछि मतदान दिनभर रोकिएको थियो । जसपाबाट वडा नं.२ का वडाध्यक्ष उम्मेदवार मनोज यादव र वडा नं. ४ का वडाध्यक्षका उम्मेदवार कन्हैया यादवका समर्थकहरुले धेरै मतदाताको छाप आफैँले लगाउन थालेपछि विवाद भएको थियो ।

झडपमा वडा नं. ४ का एमालेका उम्मेदवार बैद्यनाथ यादव र वडा नं. २ का दुबै पक्षका कम्तिमा २० जनालाई चोटपटक लागेको छ । यादवको टाउकोमा चोट लागेको छ । झडप भएपछि दुबै मतदान केन्द्रमा सर्वसाधारणहरु प्रवेश गर्दै कुटाकुट गरेका थिए । ५ सय ४१ मतदान केन्द्र रहेको यस जिल्लामा पचरौता नगरपालिकाको ४ वटा मतदान केन्द्रबाहेक अन्य मतदान केन्द्रमा भने शान्तिपुर्णरुपमा मतदान भएको प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए ।
जिल्ला निर्वाचन अधिकारी सरोज चौधरीले जिल्लाभर ७० प्रतिशत मत खसेको बताए । उनकाअनुसार पचरौता नगरपालिकाबाहेक अरु १६ वटै पालिकामा शुक्रबार रातिदेखि नै मतगणना गर्ने तयारी रहेको छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago