बारा: बारामा एउटै नगरपालिकाको दुई वटा वडाका चार वटा मतदान केन्द्रको मतदान रद्द भएको छ । रद्द गरिएको मतदान कहिले गर्ने भने तोकिएको छैन । सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएका पचरौता नगरपालिका–२ का श्रीनगर बैरिया र भट्टी बैरिया गाउँस्थित दुई वटा मतदान केन्द्रको मतदान रद्द गरिएको हो । त्यस्तै, वडा–४, बेल्दारी गाउँस्थित मतदान केन्द्रको समेत मतदान रद्द गरिएको मतदान अधिकृत नीरबहादुर दाहालले बताए ।
झडपको क्रममा तीन उम्मेदवारसहित कम्तिमा २० जना घाइते भएका छन् । झडप नियन्त्रणमा लिन प्रहरीले आधा दर्जन अश्रु ग्याँस प्रहार गरेका थिए ।
मतदान सुरु भएको केही बेरमै जसपा र एमालेबीच विवाद भएर दुई पक्षीय झडप भएपछि मतदान दिनभर रोकिएको थियो । जसपाबाट वडा नं.२ का वडाध्यक्ष उम्मेदवार मनोज यादव र वडा नं. ४ का वडाध्यक्षका उम्मेदवार कन्हैया यादवका समर्थकहरुले धेरै मतदाताको छाप आफैँले लगाउन थालेपछि विवाद भएको थियो ।
झडपमा वडा नं. ४ का एमालेका उम्मेदवार बैद्यनाथ यादव र वडा नं. २ का दुबै पक्षका कम्तिमा २० जनालाई चोटपटक लागेको छ । यादवको टाउकोमा चोट लागेको छ । झडप भएपछि दुबै मतदान केन्द्रमा सर्वसाधारणहरु प्रवेश गर्दै कुटाकुट गरेका थिए । ५ सय ४१ मतदान केन्द्र रहेको यस जिल्लामा पचरौता नगरपालिकाको ४ वटा मतदान केन्द्रबाहेक अन्य मतदान केन्द्रमा भने शान्तिपुर्णरुपमा मतदान भएको प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए ।
जिल्ला निर्वाचन अधिकारी सरोज चौधरीले जिल्लाभर ७० प्रतिशत मत खसेको बताए । उनकाअनुसार पचरौता नगरपालिकाबाहेक अरु १६ वटै पालिकामा शुक्रबार रातिदेखि नै मतगणना गर्ने तयारी रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…