रौतहट- गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा माधव नेपाललाई कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नम्बर ५ गौरीशंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा स्थानीयहरुले नाराबाजी गरी अवरोध गरेका हुन्।
गौर- २ मा रहेको रामजानकी कन्या प्राविमा मत खसालेर गौरीशकर क्याम्पसको बुथमा छिर्न खोजेका पाललाई त्यहाँबाट नाराबाजी गर्दै स्थानीयले लखेटेका हुन्।
सुरक्षाकर्मीको सहयोगमा नेपाल बाहिरिएका थिए।
जिल्लाका केही मतदान केन्द्रमा विवाद हुँदा १५ जना बढी घाइते भएका छन्।
रौतहटको गढीमाई नगरपालिका- ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप हुँदा १५ जनाभन्दा बढी घाइते भएका छन्।
लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा नेकपा एकीकृत समाजवादी र कांग्रेसबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।
गढीमाई- ६ सिंगरवनमा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार रामविनोद यादवको मोटरसाइकल जलाइएको छ। फतुवा विजयपुर नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदानको विषयमा विवाद भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ।
उक्त नपाको शितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले फायर गरेको हो।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…