रौतहट- गौरमा मतदान केन्द्रभित्र छिर्न खोज्दा माधव नेपाललाई कांग्रेस कार्यकर्ताले अवरोध गरेका छन्।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई रौतहट सदरमुकाम गौरको विभिन्न वडाको मतदान केन्द्रमा घुम्ने क्रममा वडा नम्बर ५ गौरीशंकर यादव रौतहट क्याम्पस मतदान केन्द्रभित्र छिर्न खोज्दा स्थानीयहरुले नाराबाजी गरी अवरोध गरेका हुन्।

गौर- २ मा रहेको रामजानकी कन्या प्राविमा मत खसालेर गौरीशकर क्याम्पसको बुथमा छिर्न खोजेका पाललाई त्यहाँबाट नाराबाजी गर्दै स्थानीयले लखेटेका हुन्।

सुरक्षाकर्मीको सहयोगमा नेपाल बाहिरिएका थिए।

जिल्लाका केही मतदान केन्द्रमा विवाद हुँदा १५ जना बढी घाइते भएका छन्।

रौतहटको गढीमाई नगरपालिका- ३ लक्ष्मीपुरमा मतदानको क्रममा झडप हुँदा १५ जनाभन्दा बढी घाइते भएका छन्।

लक्ष्मीपुरस्थित खरिदी प्राथमिक विद्यालय भवनमा रहेको मतदान केन्द्रमा नेकपा एकीकृत समाजवादी र कांग्रेसबीच झडप हुँदा अवस्था नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको थियो।

गढीमाई- ६ सिंगरवनमा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवार रामविनोद यादवको मोटरसाइकल जलाइएको छ। फतुवा विजयपुर नगरपालिकाको एउटा मतदान केन्द्रमा मतदानको विषयमा विवाद भएपछि प्रहरीले ५ राउन्ड हवाई फायर गरेको छ।

उक्त नपाको शितलपुर बैरगनिया मतदान केन्द्रमा विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले फायर गरेको हो।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago