मनाङ – स्थानीय तह निर्वाचनअन्तर्गत आज भइरहेको मतदानमा हिमाली जिल्ला मनाङमा ६० प्रतिशत मत खसेको छ।

जिल्लाका चार गाउँपालिका र २८ वडामा नयाँ जनप्रतिनिधि चयनका लागि भइरहेको मतदानमा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको जनाइएको छ।

जिल्ला निर्वाचन कार्यालय मनाङका प्रमुख पुष्पराज शर्माले सबै मतदान केन्द्रबाट तथ्याङ्क लिने काम भइरहेको जानकारी दिए। जिल्लाका २८ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको उनले बताए।

सदरमुकाम चामे गाउँपालिकामा ५७७, मनाङ ङिस्याङ गाउँपालिकामा एक हजार ५७४, नार्पाभूमि गाउँपालिकामा २८५ र नासों गाउँपालिकामा एक हजार ४३७ गरी तीन हजार ८७३ मत खसेको शर्माले बताए।

निर्वाचनबाट मनाङमा १४४ जनप्रतिनिधि निर्वाचित हुनेछन्। केही पालिकाका वडाध्यक्ष र महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्यसमेत सर्वसम्मत निर्वाचित भइसकेका छन्। चार गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी आठ जना निर्वाचित हुनेछन्।

त्यस्तै २८ वडाबाट एक/एक अध्यक्ष र चार सदस्य गरी १४० जना निर्वाचित हुनेछन्। मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालका अनुसार जिल्लामा दिउँसो एक बजेसम्म ६० प्रतिशत मत खसेको हो। ‘शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ, १ बजेसम्म तीन हजार ८७३ मत खस्यो,’ उनले भने।

जिल्लाका चार वटै पालिकामा शान्तिपूर्ण तवरबाट मतदान भइरहेको शर्माले जानकारी दिए। उनका अनुसार जिल्लाका मतगणना आजै साँझदेखि मतगणना हुनेछ। मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षितरुपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफललगत्तै गतगणना सुरु हुने शर्माले बताए।

मनाङमा नासों गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालिकामा नौ–नौ मतदान केन्द्र, चामे गाउँपालिका र नार्पाभूमि गाउँपालिकामा पाँच/पाँचवटा मतदान केन्द्र कायम छ। मनाङमा महिला तीन हजार ३४८ र पुरुष तीन हजार १४८ गरी ६ हजार ४९६ मतदाताले मतदान गर्नेछन् । रासस

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago