काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गतेसम्म पनि आफूलाई मतदान सार्न प्रस्ताव गरेको दाबी गरेका छन्।

शुक्रबार स्थानीय तह निर्वाचन २०७९ को अवसरमा भक्तपुरको सूर्यविनायकस्थित महेन्द्रशान्ति विद्यालय ‘क’ मतदान केन्द्रबाट भोट हाल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

मतदानपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले प्रधानमन्त्री देउवाले गत वैशाख ९ गतेसम्म पनि औपचारिक रुपमा वैशाख ३० बाट चुनाव सार्ने प्रस्ताव गरेको दाबीगरे।

उनले आफ्नो अस्वीकारले सहमति नमिलेपछि चुनाव तोकिएकै समयभित्र भएको जिकीर गरे। अध्यक्ष ओलीले देश मूलतः दुई दलीय प्रणालीतर्फ गएको बताए।

दुई दलीय प्रणालीमा एकातर्फ एमाले र अर्कोतर्फ कांग्रेसहितका दलहरु रहेको बताए। नेपाली कांग्रेस पार्टी अब वडा तहमा समेत एक्लै लड्न नसक्ने स्थितिमा नरहेको उनको टिप्पणी थियो।

उनले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवाले वैशाख ९ गते मलाई स्थानीय निर्वाचन पर सारौँ भन्ने औपचारिक प्रस्ताव पठाउनुभएको थियो।  निर्वाचन रोक्ने कुरामा सहमति हुन नसकेपछि र कानूनले बाध्यता भएपछि उहाँहरु तयार हुनुभएको हो। देश मुलतः दुई दलीय प्रणालीतर्फ गएको देखिन्छ। कांग्रेस पनि एक्लै चुनाव लड्ने स्थितिमा रहेन। वडासम्म पनि एक्लै लड्ने हिम्मत रहेन।’

अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा जनताको सहभागीता उल्लेख्य र उत्साहजनक रहेको बताए। उनले केही स्थानमा लोकतन्त्रको मूल्य मान्यता विपरीत गठबन्धनले आक्रमणका घटनाहरु गरिरहेको बताए। अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) तर्फ लक्षित गर्दै अहिले पनि केही स्थानमा २०६४ मा झैं बुथ कब्जा गरेर जित्नका लागि विभिन्न आक्रामक गतिविधि गरिरहेको आरोप लगाए।

अध्यक्ष ओलीलले स्थानीय तहको निर्वाचनले अपेक्षित परिणाम ल्याउनेमा विश्वस्त रहेको बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago