दिवंगत मगरको अन्त्येष्टि भोली नागोयामा गरिने

कविकिरण न्यौपाने / नागोया सोलुखोम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थाई घर भई हाल जापानको नागोयामा बस्दै आएका ४१ वर्षका दिवंगत मनकुमार मगरको भोली सनिवार जापानमै दाँह संस्कार हुने भएको छ।

एनआरएनए आईसिसि सदस्य दिपक कार्कीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरि सनिवारका लागि दाँह संस्कार गरिने बताए । साथीलाई भेट्न जान लागेको अवस्थामा जापान प्रहरीले अप्रिल १५ तारिक विहान १० बजे को समयमा नियन्त्रणमा लिई हिरासतमै रहेको अवस्थामा मगरको मृत्यु भएको थियो। घटनाको विषयमा सत्यतथ्य पत्ता लगाई परिवारलाई न्याय दिने संबन्धमा हाल वकिल लगाई प्रकिया अगाडी बढाईएको कार्कीले जानकारी गराए ।

स्वासप्रस्वाश बन्द भएको जानकारी ४ दिनपछि मात्र प्राप्त भएको र जानकारी प्राप्त भए लगतै उपचारको लागी हस्पिटल लगिएको र मे ५ तारिक मृत घोषणा गरिएको एनआरएनए , नागोयाका संयोजक मनोजबम मल्लले बताए। मगरको परिवारलाई कसरी न्याय दिलाउन सकिन्छ भनेर एनआरएन ए , नागोया लागिपरेको उनको भनाई छ। परिवारको आग्रहमा निजको पार्थिव शरीरको अन्तिम संस्कार कार्यमा निजका छोरा १८ वर्षिय सुरज मगर , १० बर्षिय छोरी संन्धिका मगर र ससुरा भिम बुढाथोकी मगर जापान आई सकेका छन् ।

मृतक मनकुमार मगर श्रीमति कान्छीमाया मगर संग जापानमा बस्दैं आएका थिए। गरिखान विदेशमा आएर मेहेनत गरेको अवस्थामा यस्तो घटना घट्नु दुःखद भएको एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले बताउँदैं अन्यष्टि कार्यमा सम्भव भएका नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेका छन्। अन्यष्टि कार्य Nagoya Shi , Minato-ku , higashi chaya 3-123 मा दिनको १:३० बजे हुने बताईएको छ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago