दिवंगत मगरको अन्त्येष्टि भोली नागोयामा गरिने

कविकिरण न्यौपाने / नागोया सोलुखोम्बु जिल्ला विचा टोल ताप्पतिङ २ स्थाई घर भई हाल जापानको नागोयामा बस्दै आएका ४१ वर्षका दिवंगत मनकुमार मगरको भोली सनिवार जापानमै दाँह संस्कार हुने भएको छ।

एनआरएनए आईसिसि सदस्य दिपक कार्कीका अनुसार आवश्यक कानुनी प्रकृया पुरा गरि सनिवारका लागि दाँह संस्कार गरिने बताए । साथीलाई भेट्न जान लागेको अवस्थामा जापान प्रहरीले अप्रिल १५ तारिक विहान १० बजे को समयमा नियन्त्रणमा लिई हिरासतमै रहेको अवस्थामा मगरको मृत्यु भएको थियो। घटनाको विषयमा सत्यतथ्य पत्ता लगाई परिवारलाई न्याय दिने संबन्धमा हाल वकिल लगाई प्रकिया अगाडी बढाईएको कार्कीले जानकारी गराए ।

स्वासप्रस्वाश बन्द भएको जानकारी ४ दिनपछि मात्र प्राप्त भएको र जानकारी प्राप्त भए लगतै उपचारको लागी हस्पिटल लगिएको र मे ५ तारिक मृत घोषणा गरिएको एनआरएनए , नागोयाका संयोजक मनोजबम मल्लले बताए। मगरको परिवारलाई कसरी न्याय दिलाउन सकिन्छ भनेर एनआरएन ए , नागोया लागिपरेको उनको भनाई छ। परिवारको आग्रहमा निजको पार्थिव शरीरको अन्तिम संस्कार कार्यमा निजका छोरा १८ वर्षिय सुरज मगर , १० बर्षिय छोरी संन्धिका मगर र ससुरा भिम बुढाथोकी मगर जापान आई सकेका छन् ।

मृतक मनकुमार मगर श्रीमति कान्छीमाया मगर संग जापानमा बस्दैं आएका थिए। गरिखान विदेशमा आएर मेहेनत गरेको अवस्थामा यस्तो घटना घट्नु दुःखद भएको एनआरएनए जापानका उपाध्यक्ष राजकुमार अधिकारीले बताउँदैं अन्यष्टि कार्यमा सम्भव भएका नेपाली समुदायलाई उपस्थितिको लागि अनुरोध गरेका छन्। अन्यष्टि कार्य Nagoya Shi , Minato-ku , higashi chaya 3-123 मा दिनको १:३० बजे हुने बताईएको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago