काठमाडौं: मुलुक संघीय संरचनामा गएपछि दोस्रो पटक आज देशभर एकै पटक स्थानीय तह निर्वाचन २०७९ को मतदान सुरू हुँदैछ।
विद्यमान कानुनी व्यवस्थानुसार ७५३ पालिका प्रमुख, ७५३ पालिका उपप्रमुख, ६ हजार ७ सय ४३ वडाध्यक्ष, ६ हजार ७ सय ४३ महिला सदस्य, ६ हजार ७ सय ४३ दलित महिला सदस्य र १३ हजार ४ सय ८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ पदका लागि कूल १ लाख ५३ हजार २ सय २० जनाले उम्मेदवारी दिएका छन्।
मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन् ।

यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुख/उपप्रमुख, गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगका अनुसार वैशाख २९ गतेसम्म १८ वर्ष पूरा भएका कूल मतदाता एक करोड ७७ लाख ३३ हजार ७२३ छन् ।
तीमध्ये पुरुष मतदाता ८९ लाख ९२ हजार १०, महिला मतदाताको सङ्ख्या ८७ लाख ४१ हजार ५३० र अन्य मतदाताको सङ्ख्या १८३ रहेको छ ।

निर्वाचनमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ३९० जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्।
यस निर्वाचनका लागि १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्रको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
‍निर्वाचनमा कूल उम्मेदवारमध्ये ९५ हजार २५३ पुरुष र ५७ हजार ९६७ महिला छन्।
निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त ६ दलमध्ये नेकपा (एमाले) का ३३ हजार ५०३, नेपाली कांग्रेसका ३१ हजार ४२५, नेकपा (माओवादी केन्द्र) का २२ हजार २७९, नेकपा (एकीकृत समाजवादी) का ११ हजार ३३०, जनता समाजवादी पार्टी नेपालका नौ हजार ४८१ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका चार हजार ७६१ उम्मेदवार छन् ।
त्यसैगरी यस निर्वाचनमा १२ हजार ७८९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। हाल निर्वाचन आयोगमा दर्ता भएका जम्मा ८९ राजनीतिक दलमध्ये निर्वाचनमा १३ दलका उम्मेदवार शून्य छन् ।

आयोगका तथ्याङ्कअनुसार वैज्ञानिक समाजवादी पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी, त्रिमूल नेपाल, मितेरी पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेपालवाद, लोकदल, नेपाल आमा, समावेशी लोकतान्त्रिक, सङ्घीय खुम्बुवान, नेपाल सुकुम्वासी (लोकतान्त्रिक), नेपाल नौलो जनवाद र माओवादी जनमुक्ति पार्टी नेपालका यस निर्वाचनमा शून्य उम्मेदवार छन् ।
यसपटकको निर्वाचनमा मतपत्र हरियो मसिले छपाई गरिएको छ । मतपत्रमा पहिलो क्रममा नेकपा (एमाले)को ‘सूर्य’, दोस्रोमा नेपाली कांग्रेसको ‘रूख’, तेस्रोमा नेकपा (माओवादी केन्द्र)को ‘गोलाकार हसियाँ हथौडा’, चौथोमा जनता समाजवादी पार्टीको ‘छाता’, पाँचौमा लोकतान्त्रिक समाजवादी पार्टीको ‘साइकल’ र छैठौँमा नेकपा (एकीकृत समावादी)को ‘कलम’ रहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago