पालिकामा जनप्रतिनिधि चयनको लागि मतदानः ३५ हजार २२१ पदको लागि एक लाख ४५ हजार उम्मेदवार

झापा , देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि आज मतदान हुँदैछ ।

बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म आफ्नो नाम भएको मतदान केन्द्रमा गएर मतदान गर्न पाइनेछ । मतदान ७ बजे सुरु हुने भए पनि धेरै मतदान केन्द्रमा बिहानैदेखि मतदाता पुग्ने क्रम सुरु भइसकेको छ ।
६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिकाको लागि आज चुनाव हुन लागेको हो । चुनावमा कुल १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता रहेकामा पुरुष मतदाताको संख्या ८९ लाख ९२ हजार १० र महिला मतदाताको संख्या भने ८७ लाख ४१ हजार ५३० छ ।

मेयरमा ७५३, उपमेयरमा ७५३, वडाध्यक्षमा ६ हजार ७४३, महिला र दलित महिला सदस्यमा ६ हजार ७४३ तथा खुला सदस्यमा १३ हजार ४८६ गरी ३५ हजार २२१ पदको लागि मतदान हुन लागेको हो । चुनावमा कुल एक लाख ४५ हजार ११ जना उम्मेदवार छन् । जसमा पुरुष उम्मेदवारको संख्या ८९ हजार ३१३ र महिला उम्मेदवारको संख्या ५५ हजार ६९८ छ । अहिलेसम्म ३९० जना निर्विरोध निर्वाचित भइसकेका छन् ।पालिका चुनावका लागि ७९ दल निर्वाचन आयोगमा दर्ता भएकोमा ६५ दलले मनोनयन दर्ता गराएका छन् भने १४ दलले एउटा पनि मनोनयन दर्ता गराएका छैनन् ।

प्रदेश–१ मा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका तथा ८८ गाउँपालिका गरी जम्मा १३७ पालिका रहेका छन् । १३७ पालिकामा एक हजार १५७ वडा रहेका छन् । ३३ लाख ४७ हजार ३८४ मतदाता रहेको प्रदेश नं १ मा एक हजार ८७७ मतदान स्थल रहेका छन् भने ४ हजार ५१ कुल मतदान केन्द्र रहेका छन् ।

मधेस प्रदेशमा एक महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका तथा ५९ गाउँपालिका गरी कुल एक सय ३६ पालिका रहेका छन् । कुल वडा एक हजार २७१ वडा रहेको मधेस प्रदेशमा ३३ लाख ३१ हजार एक सय ७० मतदाता रहेको मधेस प्रदेशमा २ हजार १६३ मतदान स्थल छन् भने ४ हजार १ सय ८९ कतदान केन्द्र रहेका छन् ।
वाग्मती प्रदेशमा एक सय १९ पालिका रहेकोमा ३ महानगरपालिका, एक उपमहानगरपालिका, ४१ नगरपालिका तथा ७४ गाउँपालिका रहेका छन् । जसमा १ हजार १२१ वडा छन् । कुल मतदाता ३४ लाख १२ हजार ८६९ मतदाता रहेको वाग्मती प्रदेशमा १ हजार ७९२ मतदान केन्द्रमा ४ हजार ९५ मतदान केन्द्र रहेका छन् ।

गण्डकी प्रदेशमा ८५ पालिका रहेकोमा एक महानगरपालिका, २६ नगरपालिका, तथा ५८ गाउँपालिका रहेका छन् । कुल ७५९ वडा रहेको गण्डकी प्रदेशमा मतदाताको संख्या भने १७ लाख ८९ हजार ४११ रहेको छ । जसमा १ हजार २५३ मतदान स्थल छ भने २ हजार ३ सय मतदान केन्द्र रहेका छन् ।

लुम्बिनी प्रदेशमा १०९ पालिका रहेका छन् । जसमा ४ उपमहानगरपालिका, ३२ नगरपालिका तथा ७३ गाउँपालिका रहेका छन् । त्यसमा ९८३ वडाहरु छन् भने कुल मतदाता ३२ लाख १९ हजार ४५७ छन् । १ हजार ६२९ मतदानस्थल रहेको लुम्बिनीमा ३ हजार ८ सय ३२ मतदान केन्द्र रहेका छन् ।
७९ वटा पालिका रहेको कर्णाली प्रदेशमा २५ नगरपालिका, ५४ गाउँपालिका रहेका छन् । जसमा ७ सय १८ वडा छन् । कुल मतदाता भने १० लाख १ हजार २८२ जना रहेका छन् । ९०७ मतदान स्थल रहेको कर्णालीमा १ हजार ३८५ मतदान स्थल रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा कुल ८८ पालिका रहेका छन् । जसमा एक उपमहानगरपालिका, ३३ नगरपालिका तथा ५४ गाउँपालिका छन् । त्यसमा ७३४ वडा छन् भने कुल मतदाता १६ लाख ३२ हजार १५० जना छन् भने १ हजार १३५ मतदान स्थल छन् भने २ हजार १०३ मतदान केन्द्र रहेका छन् ।

यस पटक कुल १० हजार ७५६ मतदानस्थल रहेका छन् भने २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । चुनावमा खटिने कर्मचारी एक लाख ९ हजार ८८ छन् भने स्वयम्सेवकको सङ्ख्या ६५ हजार ८६५ रहेको छ । यस पटक चुनावमा ५ हजार पर्यवेक्षक खटिएका छन् ।
मतदाताले एक–एक मेयर या अध्यक्ष, उपमेयर या उपाध्यक्ष, वडाध्यक्ष र चार सदस्य गरी ७ जना जनप्रतिनिधि चुन्नुपर्ने हुन्छ । त्यसैले हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप लगाउनुपर्ने हुन्छ ।

परिचयपत्र वा आयोगले तोकेको परिचय खुल्ने अरु परिचयपत्रका आधारमा मतदान गर्न पाइने तर मतदाता नामावलीमा नाम नभएको व्यक्तिले कुनै पनि हालतमा मतदान गर्न नपाइने आयोगले जनाएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago