चीनले नेपाल घुम्न जाँदा स्थलमार्ग प्रयोग नगर्न अपिल

काठमाडौं: चीनले स्थलनाका प्रयोग गरेर नेपाल भ्रमणमा नजान आफ्ना नागरिकलाई सचेत गराएको छ । कोरोना महामारीयता नेपाल–चीन व्यापारिक नाकाहरू आंशिक मात्रै खुलिरहेका बेला पर्यटकीय प्रयोजनका लागि स्थलमार्ग प्रयोग नगर्न चीनले सचेत गराएको हो । काठमाडौंस्थित चिनियाँ दूतावासले बुधबार जारी गरेको यात्रा सुरक्षाबारेको सूचनामा यस्तो कुरा उल्लेख भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।

केरुङका अतिरिक्त तातोपानी र फुलान नाका कोरोना महामारीयता मानवीय आउजाउका लागि प्रयोगमा नरहेको चीनको भनाइ छ । ‘कोभिड प्रकोपका बेला नेपाल र चिनियाँ सरकारको नियमअनुसार सबै बन्दरगाहका प्रवेश तथा निकासका च्यानल बन्द गरिएको छ,’ सूचनामा भनिएको छ, ‘आवतजावतमा कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।’ चीनले महामारीका बेला सुरक्षा व्यवस्था अपनाउन र अनावश्यक यात्रा नगर्न पनि आफ्ना नागरिकलाई सुझाएको छ ।
नेपालस्थित चिनियाँ दूतावासले नेपालमा रहेका चिनियाँ नागरिकहरूलाई प्राकृतिक प्रकोपबाट समेत सावधान रहन भनेको छ । नेपाल विस्तारै वर्षायाममा प्रवेश गरेकाले विगतमा धेरै बाढी, पहिरोका अलावा सडक भत्किनेजस्ता भौगर्भिक प्रकोपजन्य खतरा भएकोतर्फ पनि उसले ध्यानाकृष्ट गराएको छ ।

नेपाली पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकको हिस्सा भारतपछि दोस्रो नम्बरमा पर्छ । तर दुई वर्षदेखिको कोरोना महामारीले पर्यटकीय आवागमन घटेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago