प्रतक्ष कारोबार समयमा फ्लोरसिटबाट ब्रोकर र कारोबारीको क्रमसंख्या हटाउन सेबोनको निर्देशन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा फ्लोरसिटबाट धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र सेयर कारोबारीको क्रमसंख्या हटाउन निर्देशन दिएको छ।

सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रचार गर्दै कारोबार समयमा फ्लोरसिटबाट ब्रोकर र सेयर कारोबारको क्रमसंख्या खुल्ने विवरण हटाउन निर्देशन दिएको हो।

कारोबार समयमा नै फ्लोरसिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा सेयर कारोबारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ। फ्लोरसिटबाट उक्त विवरण हटाउन सरोकारवाला पक्षबाटसुझाव तथा गुनासो प्राप्त सेबोनले जनाएको छ।

त्यसैले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकूल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात प्रवाह गर्ने व्यवस्था गर्न सेबोनले नेप्सेलाई निर्देशन दिएको छ।

 

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago