काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कारोबार समयमा फ्लोरसिटबाट धितोपत्र दलाल व्यवसायी (ब्रोकर) र सेयर कारोबारीको क्रमसंख्या हटाउन निर्देशन दिएको छ।
सेबोनले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्रचार गर्दै कारोबार समयमा फ्लोरसिटबाट ब्रोकर र सेयर कारोबारको क्रमसंख्या खुल्ने विवरण हटाउन निर्देशन दिएको हो।
कारोबार समयमा नै फ्लोरसिटमार्फत कारोबारमा संलग्न ब्रोकर तथा सेयर कारोबारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेको छ। फ्लोरसिटबाट उक्त विवरण हटाउन सरोकारवाला पक्षबाटसुझाव तथा गुनासो प्राप्त सेबोनले जनाएको छ।
त्यसैले धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकूल नहुने गरी उक्त विवरण कारोबार समयपश्चात प्रवाह गर्ने व्यवस्था गर्न सेबोनले नेप्सेलाई निर्देशन दिएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…