आँधीपछिको बाढी–पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघ्यो

आँधीपछि आएको बाढी तथा पहिरोका कारण फिलिपिन्समा मृत्यु हुनेको संख्या ५० नाघेको छ । मेगी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ ।

सो आँधीका कारण आएको बाढी तथा पहिरोमा परेर कम्तीमा ५३ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् । उद्धारकर्मीहरु अहिले पनि देशको पूर्वी र दक्षिणी तटीय क्षेत्रमा उद्धार तथा राहतका लागि खटिइरहेका छन् ।

मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय रुपमा एगातोन भनिने मेगी गएको आइतबार फिलिपिन्सको तटीय क्षेत्रमा ठोक्किएको थियो ।

यो वर्ष फिलिपिन्समा पहिलोपटक यस्तो आँधी आएको हो । वर्षको औसतमा २० वटा ट्रपिल स्ट्रोम फिलिपिन्समा आउने गरेको छ । आँधीबाट जोगिनका लागि १३ हजार भन्दा बढी मानिस सुरक्षित स्थानमा गएका छन्।

भारी वर्षा र तीव्र गतिको हावाका कारण विद्युत आपूर्ति बन्द भएको छ भने घरमा बाढी पसेको छ । यस्तै लेदोसहितको पहिरोले गाउँको जनजीवन प्रभावित भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago