झापा मेचीनगरमा पहिलोपटक सुपर लिग क्रिकेट हुने

झापा – झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा आगामी वैशाख ३ गतेदेखि सुपर लिग क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकाडेमी काँकडभिट्टाको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म हुन लागेको टुर्नामेन्टमा राष्ट्रिय खेलाडी करण केसी र मेहबुब आलम र मञ्जित श्रेष्ठलगायत खेलाडीले खेल्ने भएका छन् ।

शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टोलीले धमाधम राष्ट्रिय खेलाडी समावेश गर्न थालेका हुन् । विर्तामोडको बोस्टन ब्लास्टर्स क्लबले करण केसीसहितका खेलाडीलाई मैदानमा उतार्ने भएको छ ।

तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदानमा उतार्ने योजना रहेको अध्यक्ष सोवित बाँस्तोलाले बताए। क्लबले मार्की खेलाडीका रूपमा समिर कार्की र आइकोनिक खेलाडीका रूपमा मिनास थापालाई टोलीमा अनुबन्ध गरेको उनको भनाई छ। टोलीको कप्तानी सुरज खड्काले सम्हाल्ने उनले जानकारी दिए।

भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक बराल र आइकोनिक प्लेयरका रूपमा पूर्व राष्ट्रिय क्रिकेटर मञ्जित श्रेष्ठलाई खरिद गरिसकेको छ । टोलीमा एक राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधानअनुसार पूर्व राष्ट्रिय क्रिकेट अलराउण्डर मेहबुब आलमलाई अनुबन्धन गरिएको छ ।

भद्रपुरबाट अमित श्रेष्ठ, प्रेम सिंह, श्रवण यादव, सुमिरन राई, ग्रिसल पौडेल, सुजन घिमिरे, विवेक पोखरेल, अर्जोधी मल्लिक, आशिक राना मगर, विष्णु कामती, शेखर खड्का, मोविन अली, सञ्जीव तामाङ, मनिष कामती र प्रवीण पुरी खेल्दै छन् ।

त्यस्तै सुमन प्रसाईँ, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा अङ्कित सुवेदी र आइकोनिक प्लेयरमा पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई सहभागी गराउने भएको छ । राष्ट्रिय खेलाडीका रूपमा अदिल अन्सारीलाई अनुबन्धन गरिएको टोलीले जनाएको छ । अन्य खेलाडीमा अभ्यास तिम्सिना, अर्जुन दाहाल, सोनु अन्सारी, नित्य खडोरिया, विपिन महतो, अनिल लामिछाने, अनिष लुइँटेल, विनोद राउत, शिवान्स बजगाईँ, सन्तोष कामी, सुमित नेउपाने, वसन्त चौहान, गौरव भट्टराई, रोहिन राई र आदर्श सरियालगायत छन् ।

प्रतियोगिताको विजेता टोलीले दुई लाख ११ हजार रुपैयाँ र उपविजेताले एक लाख ११ हजार रुपैयाँ पाउने छ । उपविजेताको पुरस्कार राशि काकडभिट्टाका सञ्चार उद्यमी तथा युवानेता बालकृष्ण थापाले प्रायोजन गरेका हुन्। आयोजक क्लबका अध्यक्ष हिमाल पोर्तेलले नेपालकै चर्चित र लोकप्रिय खेलाडी सम्मिलित हुने क्रिकेट टुर्नामेन्टले झापामा मात्रै नभएर प्रदेश नं १ मै रौनकता थप्ने बताए।

Sanjay poudyal

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago