झापा मेचीनगरमा पहिलोपटक सुपर लिग क्रिकेट हुने

झापा – झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा आगामी वैशाख ३ गतेदेखि सुपर लिग क्रिकेट टुर्नामेन्ट हुने भएको छ । लर्ड बुद्ध क्रिकेट एकाडेमी काँकडभिट्टाको आयोजनामा वैशाख ३ देखि १० गतेसम्म हुन लागेको टुर्नामेन्टमा राष्ट्रिय खेलाडी करण केसी र मेहबुब आलम र मञ्जित श्रेष्ठलगायत खेलाडीले खेल्ने भएका छन् ।

शिवशक्ति ग्रुप रसोइ झापा सुपर लिग क्रिकेट टुर्नामेन्टमा सहभागी टोलीले धमाधम राष्ट्रिय खेलाडी समावेश गर्न थालेका हुन् । विर्तामोडको बोस्टन ब्लास्टर्स क्लबले करण केसीसहितका खेलाडीलाई मैदानमा उतार्ने भएको छ ।

तीन वर्षअघि बिर्तामोडमा स्थापना भएको बोस्टन क्रिकेट एकाडेमीले जेएसएलमा राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण केसीसहितका खेलाडी मैदानमा उतार्ने योजना रहेको अध्यक्ष सोवित बाँस्तोलाले बताए। क्लबले मार्की खेलाडीका रूपमा समिर कार्की र आइकोनिक खेलाडीका रूपमा मिनास थापालाई टोलीमा अनुबन्ध गरेको उनको भनाई छ। टोलीको कप्तानी सुरज खड्काले सम्हाल्ने उनले जानकारी दिए।

भद्रपुर राइजिङ किङ्सले मार्की प्लेयरमा रुपक बराल र आइकोनिक प्लेयरका रूपमा पूर्व राष्ट्रिय क्रिकेटर मञ्जित श्रेष्ठलाई खरिद गरिसकेको छ । टोलीमा एक राष्ट्रिय खेलाडी समावेश गर्न पाउने प्रावधानअनुसार पूर्व राष्ट्रिय क्रिकेट अलराउण्डर मेहबुब आलमलाई अनुबन्धन गरिएको छ ।

भद्रपुरबाट अमित श्रेष्ठ, प्रेम सिंह, श्रवण यादव, सुमिरन राई, ग्रिसल पौडेल, सुजन घिमिरे, विवेक पोखरेल, अर्जोधी मल्लिक, आशिक राना मगर, विष्णु कामती, शेखर खड्का, मोविन अली, सञ्जीव तामाङ, मनिष कामती र प्रवीण पुरी खेल्दै छन् ।

त्यस्तै सुमन प्रसाईँ, विरु श्रेष्ठ र हितेन श्रेष्ठको विराट वारियर्सले मार्की प्लेयरमा अङ्कित सुवेदी र आइकोनिक प्लेयरमा पूर्वराष्ट्रिय खेलाडी सिद्धान्त लोहनीलाई सहभागी गराउने भएको छ । राष्ट्रिय खेलाडीका रूपमा अदिल अन्सारीलाई अनुबन्धन गरिएको टोलीले जनाएको छ । अन्य खेलाडीमा अभ्यास तिम्सिना, अर्जुन दाहाल, सोनु अन्सारी, नित्य खडोरिया, विपिन महतो, अनिल लामिछाने, अनिष लुइँटेल, विनोद राउत, शिवान्स बजगाईँ, सन्तोष कामी, सुमित नेउपाने, वसन्त चौहान, गौरव भट्टराई, रोहिन राई र आदर्श सरियालगायत छन् ।

प्रतियोगिताको विजेता टोलीले दुई लाख ११ हजार रुपैयाँ र उपविजेताले एक लाख ११ हजार रुपैयाँ पाउने छ । उपविजेताको पुरस्कार राशि काकडभिट्टाका सञ्चार उद्यमी तथा युवानेता बालकृष्ण थापाले प्रायोजन गरेका हुन्। आयोजक क्लबका अध्यक्ष हिमाल पोर्तेलले नेपालकै चर्चित र लोकप्रिय खेलाडी सम्मिलित हुने क्रिकेट टुर्नामेन्टले झापामा मात्रै नभएर प्रदेश नं १ मै रौनकता थप्ने बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago