विराटनगर: नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित विराटनगर महागनरपालिकाको मेयरको उमेदवार बन्ने चर्चा थियो । तर, एमाले महानगर कमिटीको सिफारिसमा उनको नाम अटाएन ।
एमाले महानगरका एक नेताकाअनुसार पण्डितले ‘सर्वसम्मत चयन भई नाम सिफारिस हुनुपर्ने चाहना राखे पनि आकांक्षी धेरै भएकाले उनको मात्र नाममा सहमति जुटेन ।’
एमाले महानगर कमिटीका सभापति सागर थापाले महानगरपालिकाका सम्भावित उमेदवारहरूको सूची पार्टीको केन्द्रीय कमिटीलाई पठाइसकिएको बताए । प्रमुख पदमा महानगरका अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ ।

नाम सिफारिस नभए पनि लालबाबु स्थानीय चुनावको प्रचारप्रसार र पार्टीका कार्यक्रममा भने सक्रिय भएका छन् । सोमबार उनले आफू सिटी सफारीमा चढेर मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा आयोजित चुनावी कार्यक्रममा सहभागी भएको तस्बिर र भिडियो फेसबुकमार्फत सेयर गरेका छन् । मंगलबार विराटनगरका वडाहरूमा भएका कार्यक्रमका तस्बिर पनि उनले पोस्ट गरेका छन् ।
चुनावका बेला सामाजिक सञ्जालमा निकै छाउने पण्डितले यो पटक ‘सिटी रिक्सा’ प्रयोग गरेको फोटो सेयर गरिरहेका छन् । अघिल्लोपटक पण्डितको चर्चा साइकलसँग जोडेर भएको थियो ।

यसअघि खर्च कम गर्ने र किफायती उमेदवार भन्ने प्रचार गरेका पण्डितले आफ्नो किताबको कभर पेजमा छाप्न सिंहदरबार अगाडि साइकल कुदाएको फोटो सामाजिक सञ्जालमा राखेका थिए । त्यसको पनि खुबै चर्चा भएको थियो । तर, उनी गृहनगर विराटनगरमा साइकलामा चढेर हिँडेको अहिलेसम्म देखिएको छैन ।
संसदीय निर्वाचनमा उनले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए । स्थानीय चुनावको सन्दर्भमा पण्डितले आफूले महानगरको मेयरमा उठ्न इच्छा नगरेको बताइरहेका छन् । कार्यक्रमहरूमा एक ढिक्का भएर चुनावी अभियानमा सक्रिय बन्न कार्यकर्तालाई उत्साहित गरिरहेका छन् । तर, योपटक विगत जस्तो पण्डितको क्रेज नदेखिएको एमालेकै एक कार्यकर्ताहरू बताउँछन् ।
चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरू वडामा हुने कार्यक्रमहरूमा सहभागी हुने क्रम बढेको छ । कांग्रेस, जसपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीयस्तरका नेताहरू पनि मोरङका विभिन्न पालिकाहरूमा भइरहेका चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago