विराटनगर: नेकपा (एमाले)का नेता तथा प्रतिनिधि सभा सदस्य लालबाबु पण्डित विराटनगर महागनरपालिकाको मेयरको उमेदवार बन्ने चर्चा थियो । तर, एमाले महानगर कमिटीको सिफारिसमा उनको नाम अटाएन ।
एमाले महानगरका एक नेताकाअनुसार पण्डितले ‘सर्वसम्मत चयन भई नाम सिफारिस हुनुपर्ने चाहना राखे पनि आकांक्षी धेरै भएकाले उनको मात्र नाममा सहमति जुटेन ।’
एमाले महानगर कमिटीका सभापति सागर थापाले महानगरपालिकाका सम्भावित उमेदवारहरूको सूची पार्टीको केन्द्रीय कमिटीलाई पठाइसकिएको बताए । प्रमुख पदमा महानगरका अध्यक्ष सागर थापा, केन्द्रीय सदस्य रामलाल साह, मोरङ उपाध्यक्ष बाबुराम कार्की, प्रदेश सदस्य पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ ।

नाम सिफारिस नभए पनि लालबाबु स्थानीय चुनावको प्रचारप्रसार र पार्टीका कार्यक्रममा भने सक्रिय भएका छन् । सोमबार उनले आफू सिटी सफारीमा चढेर मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर १ मा आयोजित चुनावी कार्यक्रममा सहभागी भएको तस्बिर र भिडियो फेसबुकमार्फत सेयर गरेका छन् । मंगलबार विराटनगरका वडाहरूमा भएका कार्यक्रमका तस्बिर पनि उनले पोस्ट गरेका छन् ।
चुनावका बेला सामाजिक सञ्जालमा निकै छाउने पण्डितले यो पटक ‘सिटी रिक्सा’ प्रयोग गरेको फोटो सेयर गरिरहेका छन् । अघिल्लोपटक पण्डितको चर्चा साइकलसँग जोडेर भएको थियो ।

यसअघि खर्च कम गर्ने र किफायती उमेदवार भन्ने प्रचार गरेका पण्डितले आफ्नो किताबको कभर पेजमा छाप्न सिंहदरबार अगाडि साइकल कुदाएको फोटो सामाजिक सञ्जालमा राखेका थिए । त्यसको पनि खुबै चर्चा भएको थियो । तर, उनी गृहनगर विराटनगरमा साइकलामा चढेर हिँडेको अहिलेसम्म देखिएको छैन ।
संसदीय निर्वाचनमा उनले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइरालालाई पराजित गरेका थिए । स्थानीय चुनावको सन्दर्भमा पण्डितले आफूले महानगरको मेयरमा उठ्न इच्छा नगरेको बताइरहेका छन् । कार्यक्रमहरूमा एक ढिक्का भएर चुनावी अभियानमा सक्रिय बन्न कार्यकर्तालाई उत्साहित गरिरहेका छन् । तर, योपटक विगत जस्तो पण्डितको क्रेज नदेखिएको एमालेकै एक कार्यकर्ताहरू बताउँछन् ।
चुनावको मिति नजिकिँदै जाँदा राजनीतिक दलका केन्द्रीयस्तरका नेताहरू वडामा हुने कार्यक्रमहरूमा सहभागी हुने क्रम बढेको छ । कांग्रेस, जसपा, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का केन्द्रीयस्तरका नेताहरू पनि मोरङका विभिन्न पालिकाहरूमा भइरहेका चुनावी कार्यक्रममा सहभागी भइरहेका छन् ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago