काम भन्दा हल्ला बढि कठै चुनाबी नाराबनाउने दाउ

काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको मूल सुरुङमा मंगलबारदेखि पानी पठाउन सुरु गरिएको छ, यसका लागि सिन्धुपाल्चोकको अम्बाथानमा मलेम्चीमा तामझामसहित कार्यक्रम आयोजना भयो ।

‘मेलम्चीको पानी पुनः पथान्तरण शुभारम्भ’ कार्यक्रममा खानेपानीमन्त्री उमाकान्त चौधरीले भने,’मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने पूर्वप्रधानमन्त्री तथा सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना पुरा भयो ।’ पानी पथान्तरणको काम उनले नै दुई हप्ताका बीचमा दोस्रो पटक गरेका हुन् । यसअघि १९ चैतमा मेलम्चीको डाइभर्सन सुरुङमा पानी हाल्दा पनि उनले नै त्यसको शुभारम्भ गरेका थिए ।

सरकारले वैशाखसम्म मेलमचीको पानी पानी ल्याउने वाचा गरेकाले वर्तमान सरकारले पनि काम कहिले सकिने भन्ने टुंगो नभएको मेलम्चीलाई राजनीतिक प्रचारको अश्त्र बनाउने प्रयास गरेको छ । यसअघिको सरकारले यस्तै प्रयासहरु गरेको थियो । अहिलेसम्म पथान्तरणको औपचारिक सुरुआत र विभिन्न चरणमा भएका उद्घाटन जोड्ने हो भने यो मेलम्चीको यो सातौं औपचारिक उद्घाटन कायक्रम हो ।

२१ असार २०७७ मा पहिलोपटक मेलम्चीको पानी पथान्तरण भएको थियो । सिन्धुपाल्चोकमा तत्कालीन प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा औपचारिक कार्यक्रम र तत्कालीन खानेपानीमन्त्री बिना मगरले काठमाडौंमा पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेकी थिइन् ।

तर, एक हप्तामै मेलम्चीको अडिट सुरुङको गेट भत्किएर दुर्घटना भएपछि मर्मतमा करिब ८ महिना लाग्यो । १० फागुनमा तत्कालीन खानेपानीमन्त्री मणिचन्ऽ थापा र शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मेलम्चीको मुहानमै पुगेर सुरुङमा पुनः पानी पथान्तरणको शुभारम्भ गरेका थिए । २२ फागुनमा सुन्दरीजलमा आइपुगेको पानीलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गेट खोलेर बाग्मती नदीमा पठाउँदै काठमाडौंमा मेलम्चीको पानी आइपुगेको घोषणा गरेका थिए ।

उद्घाटनको हतारोमा सरकारले त्यतिबेला सुरुङ खाली गरेर गर्नुपर्ने सुपरीवेक्षण र सुधारको काम नगरी पानी वितरण थालेको थियो । १५ चैत २०७७ मा महाँकालमा रहेको पानी पोखरीमा औपचारिक कार्यक्रम गर्दै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्चीको पानी वितरण सुरु गरेको थियो ।

त्यसको एक हप्तापछि २३ चैत २०७७ मा काठमाडौंको भृकुटीमण्डपमा राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची आयोजनाको पानी वितरण कार्यको समुद्घाटन गरेकी थिइन् । तर, हेडवर्क्सको निर्माण नसकिँदै गत १ असारमा आएको बाढीले आयोजनाको मुहान क्षेत्र तहसनहस पार्‍यो । अस्थायी बाँध बनाइसकेपछि गत १९ चैतमा खानेपानीमन्त्री चौधरी मेलम्चीको महुानमा पुगेर डाइभर्सन सुरुङमा पानी भर्ने कार्यको शुभारम्भ गरेका थिए ।

सातौं पटक उद्घाटन-शुभारम्भ भएको मेलम्ची आयोजनाको काम भने अझै पनि सकिएको छैन । निर्माणाधीन अवस्थामै पुरिएको पानी फिल्टर गर्ने संयन्त्र काम लाग्ने अवस्थामा छन् कि छैनन् भन्ने टुंगो छैन । तर, मेलम्चीको राजनीतिक जस लिने होडबाजीमा ओलीकै शैलीमा देउबा सरकार पनि पनि अघि आएको छ ।

मंगलबारको कार्यक्रममा मन्त्री चौधरीले मेलम्चीको पानी आगामी नयाँ वर्ष २०७९ को वैशाखसम्ममा काठमाडौैको धारामा पानी पुग्ने दावी गरे । उनका अनुसार करिव दुई साता भित्रै मेलम्चीको पानी सुन्दरीजल पानी प्रशोधन केन्द्रमा आइपुग्ने छ । सुरुङमा प्रतिसेकेण्ड २६० लिटर पानी खसालिएको आयोजनाका कार्यकारी निर्देशक बासु पौडेलले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago