प्रधानमन्त्री देखि वरिष्ट सबै लैनचौर भोजमा

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता र मन्त्रीहरु भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि आफ्नो कार्यकालको बीचमै स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार दिने बिदाई रात्रीभोजमा सहभागी हुन भारतीय राजदूतावास गएका छन् ।
सत्ता गठबन्धनको बालुवाटारमा बैठक सकेपछि प्रधानमन्त्री देउवा, दाहाल र नेपाल लगायतका नेता सिधै लैनचौरस्थित राजदूतावास गएका थिए । गठबन्धनले बालुवाटारमा स्थानीय तह चुनावमा तालमेलको मोडालिटी तय गरेको थियो ।
राजदूतावासमा प्रधानमन्त्री देउवा करिब आधा घण्टा बसेर फर्केको सुरक्षा स्रोतले जानकारी दिएको छ । राजदूतावासमा गृहमन्त्री बालकृष्ण खाँण लगायतका मन्त्री र विभिन्न दलका नेताहरु सहभागी थिए ।

रात्रिभोजमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने सहभागी भएनन् । तर एमाले उपाध्यक्ष सुवास नेम्वाङ भने लैनचौर पुगेका थिए । क्वात्राले मंगलबार दिउँसो नै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री खाँणलाई सिंहदरबारमा पुगेर बिदाई भेट गरेका थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago