काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेता र मन्त्रीहरु भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि आफ्नो कार्यकालको बीचमै स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले मंगलबार दिने बिदाई रात्रीभोजमा सहभागी हुन भारतीय राजदूतावास गएका छन् ।
सत्ता गठबन्धनको बालुवाटारमा बैठक सकेपछि प्रधानमन्त्री देउवा, दाहाल र नेपाल लगायतका नेता सिधै लैनचौरस्थित राजदूतावास गएका थिए । गठबन्धनले बालुवाटारमा स्थानीय तह चुनावमा तालमेलको मोडालिटी तय गरेको थियो ।
राजदूतावासमा प्रधानमन्त्री देउवा करिब आधा घण्टा बसेर फर्केको सुरक्षा स्रोतले जानकारी दिएको छ । राजदूतावासमा गृहमन्त्री बालकृष्ण खाँण लगायतका मन्त्री र विभिन्न दलका नेताहरु सहभागी थिए ।
रात्रिभोजमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली भने सहभागी भएनन् । तर एमाले उपाध्यक्ष सुवास नेम्वाङ भने लैनचौर पुगेका थिए । क्वात्राले मंगलबार दिउँसो नै परराष्ट्रमन्त्री नारायण खड्का र गृहमन्त्री खाँणलाई सिंहदरबारमा पुगेर बिदाई भेट गरेका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…