चार लाख युक्रेनीहरू रोमानियामा प्रवेश

काठमाडौं: रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ ।

सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेका प्रहरीको तथ्याङ्कमा देखिएको छ ।”

शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेका पनि प्रहरीले पुष्टि गरेको छ ।

यसैबीच बढी आक्रमणमा भएका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास यूक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणमा विशेष गरी दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago