काठमाडौँ: नेपाल नगरपालिका संघले सात नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गरेको छ । संघले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा आइतबार सात उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो । एक समारोहबीच आइतबारै प्रधानमन्त्री शेरबहादुर देउवाले ती नगरपालिकाहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरेका छन् ।
संघले सुशासन र सेवाप्रवाह, आर्थिक विकास, सहरी योजना र पूर्वाधार विकास, वन वातावरण र जलवायु परिवर्तन तथा सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिकाहरूलाई पुरस्कृत गरेको हो । संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासनतर्फ स्याङ्जाको वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट भएका छन् । त्यस्तै, स्थानीय आर्थिक विकासतर्फ सर्लाहीको हरिवन नगरपालिका र सामाजिक विकासतर्फ रूपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका उत्कृष्ट भएका छन् ।
यस्तै, सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापनतर्फ धादिङको निकलण्ठ नगरपालिका र वन वातावरण, जयवायु परिवर्तनतर्फ इलाम नगरपालिका उत्कृष्ट घोषित भएका छन् । नगरपालिका संघ देशभरिका नगरपालिकाका मेयर र उपमेयर सम्मिलित छाता संस्था हो ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…