तनहुँमा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, मृतक तीनै जनाको पहिचान खुल्यो

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ ढोलफिर्दी गणेस टोलका रुद्र सेन‚ लक्ष्मी कुमारी साही र सुमो चालक ओमप्रकाश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अन्य १० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago