तनहुँमा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु, १० घाइते, मृतक तीनै जनाको पहिचान खुल्यो

तनहुँ — पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐनापहरामा बस र सुमो ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–८ ढोलफिर्दी गणेस टोलका रुद्र सेन‚ लक्ष्मी कुमारी साही र सुमो चालक ओमप्रकाश गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।
आइतबार दिउँसो मुग्लिनबाट आबुखैरेनीतर्फ आउँदै गरेको ग २ ख ३०७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ग ३ च ६०१२ नम्बरको टाटासुमो एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

टाटासुमो सडकदेखि करिब ५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइते भएकालाई उद्धार गरी उपचारका लागि चितवनस्थित पुरानो मेडिकल लैजाँदा ३ जनालाई चिकित्सकले मृत घोषण गरेको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये अन्य १० जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago