प्रेम सुनार, गुल्मी: नेेकपा एकीकृत समाजवादीकी नेतृ तथा संघीय सरकारकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृह जिल्ला गुल्मीको दुई वटा पालिकामा एकैसाथ ५०/५० करोड बजेट पारेकी छन्।
उनको मन्त्रालयबाट देशभरका ४५ वटा नगरपालिकामा सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम मध्ये गृह जिल्ला गुल्मीका दुई वटा नगरपालिका रेसुङ्गा र मुसिकोटमा ५०/५० करोडका दरले बजेट पठाउन पहल गरेकी हुन्।
एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले सहरी विकास मन्त्रालयले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि यी दुई नगरपालिकामा ५० करोडका दरले एक अर्ब रकम अर्थमन्त्रालयले विनियोजन गरेको बताए।
‘दुई वर्षे कार्यकाल उक्त कार्यक्रमको हो। अध्यक्ष भण्डारीले भने, ‘असारभित्रैमा टेण्डर हुँदैछ , दुई वर्षपछि पनि यो कार्यक्रम थपिन सक्नेछ।’ सदरमुकामका सडकहरूको स्तरोन्नती , व्यवस्थित ढल–नाली, पार्क, प्रतिक्षालय लगायतको काम सम्पन्न गर्नु दुई नगरपालिकामा बजेट पार्न पहल गरेपछि मन्त्री रामकुमारी झाँक्रीलाई जनप्रतिनिधि तथा समाजसेवीहरुले धन्यवाद दिएका छन्।
रकम विनियोजन भए लगत्तै सहरी विकास मन्त्रालयबाट सह-सचिव कोषनाथ अधिकारीसहितको टोली यी दुबै नगरपालिकामा पुगेर योजना प्राथमिकिकरण गरेर फर्किएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनीले जानकारी दिए।
उनका अनुसार ५० करोड मध्ये ५० प्रतिशत सडकको स्तरवृद्धिमा खर्च गरिने कार्यविधि रहेको छ । ३० प्रतिशत आर्थिक क्षेत्रको पूर्वाधारतर्फ खर्च गरिने र १५ प्रतिशत सामाजिक सुधार कार्यक्रम अन्तर्गत पाटी, पौवा, प्रतिक्षलय र पार्क निर्माण लगायतमा खर्च गरिने छ।
एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य श्रीराम महतले उक्त कार्यक्रमको सहरी विकास डिभिजन कार्यालय भैरहवाले सुपरभिजन गर्नेछ भने गुल्मी तम्घासमै रहेको सहरी विकास कार्यालयले कार्यान्वयन गर्नेछ।
मन्त्री भएको छोटो समयमै एउटै पालिकालाई एकै साथ ५० करोड रकम पार्न सफल भएको भन्दै समाजवादी गुल्मीका नेताहरुले गुल्मी जिल्लावासीका लागि झाँक्री आशाको दियो बनेको बताए।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…