मन्त्री रामकुमारी झाँक्रीको पहलमा गुल्मीका दुई पालिकामा १ अर्ब बजेट

 प्रेम सुनार, गुल्मी: नेेकपा एकीकृत समाजवादीकी नेतृ तथा संघीय सरकारकी सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गृह जिल्ला गुल्मीको दुई वटा पालिकामा एकैसाथ ५०/५० करोड बजेट पारेकी छन्।

उनको मन्त्रालयबाट देशभरका ४५ वटा नगरपालिकामा सञ्चालन हुने सघन सहरी विकास कार्यक्रम मध्ये गृह जिल्ला गुल्मीका दुई वटा नगरपालिका रेसुङ्गा र मुसिकोटमा ५०/५० करोडका दरले बजेट पठाउन पहल गरेकी हुन्।

एकीकृत समाजवादी गुल्मीका अध्यक्ष नरेश भण्डारीले सहरी विकास मन्त्रालयले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि यी दुई नगरपालिकामा ५० करोडका दरले एक अर्ब रकम अर्थमन्त्रालयले विनियोजन गरेको बताए।

‘दुई वर्षे कार्यकाल उक्त कार्यक्रमको हो। अध्यक्ष भण्डारीले भने, ‘असारभित्रैमा टेण्डर हुँदैछ , दुई वर्षपछि पनि यो कार्यक्रम थपिन सक्नेछ।’ सदरमुकामका सडकहरूको स्तरोन्नती , व्यवस्थित ढल–नाली, पार्क, प्रतिक्षालय लगायतको काम सम्पन्न गर्नु दुई नगरपालिकामा बजेट पार्न पहल गरेपछि मन्त्री रामकुमारी झाँक्रीलाई जनप्रतिनिधि तथा समाजसेवीहरुले धन्यवाद दिएका छन्।

रकम विनियोजन भए लगत्तै सहरी विकास मन्त्रालयबाट सह-सचिव कोषनाथ अधिकारीसहितको टोली यी दुबै नगरपालिकामा पुगेर योजना प्राथमिकिकरण गरेर फर्किएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत भक्तिराम मरासिनीले जानकारी दिए।

उनका अनुसार ५० करोड मध्ये ५० प्रतिशत सडकको स्तरवृद्धिमा खर्च गरिने कार्यविधि रहेको छ । ३० प्रतिशत आर्थिक क्षेत्रको पूर्वाधारतर्फ खर्च गरिने र १५ प्रतिशत सामाजिक सुधार कार्यक्रम अन्तर्गत पाटी, पौवा, प्रतिक्षलय र पार्क निर्माण लगायतमा खर्च गरिने छ।

एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य श्रीराम महतले उक्त कार्यक्रमको सहरी विकास डिभिजन कार्यालय भैरहवाले सुपरभिजन गर्नेछ भने गुल्मी तम्घासमै रहेको सहरी विकास कार्यालयले कार्यान्वयन गर्नेछ।

मन्त्री भएको छोटो समयमै एउटै पालिकालाई एकै साथ ५० करोड रकम पार्न सफल भएको भन्दै समाजवादी गुल्मीका नेताहरुले गुल्मी जिल्लावासीका लागि झाँक्री आशाको दियो बनेको बताए।

 

salik khatry

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago