आज अन्तिम दिन ,समृद्धि फाइनान्सको हकप्रदमा आवेदन दिने

काठमाडौं: समृद्धि फाइनान्स लिमिटेड (SFCL) ले फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन २९ गते) अन्तिम दिन रहेको छ।

फाइनान्सले सो दिनदेखि हाल कायम २ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

फाइनान्सले एक सय रुपैयाँ अंकित दरका २७ करोड २९ लाख ७० हजार ५०० रुपैयाँ बराबरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद जारी गरेको थियो।

हकप्रद निष्काशनका लागि फाइनान्सले पुस ११ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस फाइनान्सका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ। हकप्रदमा बिओके क्यापिटल तथा समृद्धि फाइनान्सका रजिष्टर्ड तथा शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले फाइनान्सलाई इक्राएनपी आईआर सिंगल सी रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पुरा गर्न ज्यादै उच्च जोखिममा रहेको संकेत गर्दछ।

हाल ५४ करोड ५९ लाख ४० हजार ९०० रुपैयाँ रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि ८१ करोड ८९ लाख ११ हजार ४०० रुपैयाँ पुग्नेछ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago