लण्डन:युक्रेन युद्धबाट भागेर जर्मनीको जेलमा परेका नेपाली दूतावासको पहलमा निस्केका छन् । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का अनुसार उनीहरूलाई जर्मनीको अध्यागमन विभागले नियन्त्रणमा लिएको थियो ।

युद्धमा अलपत्र परेका नेपालीलाई जर्मनीस्थित नेपाली दूतावासले निःशुल्क यात्रा अनुमति पत्र (ट्राभल्स डकुमेन्ट) जारी गरेको छ । हालसम्म ५६ जना नेपालीले यात्रा अनुमति पत्र लिएका छन् । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. बोध सुवेदीले युक्रेनको लुगानबाट आएका ६ जना विधार्थीलाई उद्धार गरेर सुरक्षित स्थानमा पुराइएको जानकारी दिए ।

उनले ३५ वर्षदेखि युक्रेनमा बासोबास गर्दै आएका एकजना नेपाली परिवारले समेत युक्रेन छोडेर हिडेको जानकारी दिए ।

रुस-युक्रेन द्वन्द्व पीडित नेपाली हाल दूतावासको सम्पर्कमा आउन छाडेका छन् । रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिको बैठकमा खड्काले केही बिचौलीया युरोपका विभिन्न देशमा रहेका नेपालीलाई भित्र्याउन रसिया-बेलारुस युक्रेन हुँदै युरोप ल्याउन सकृय हुन् सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

खड्काले युद्धमा विस्थापित भएका नेपालीमध्ये चार जनालाई भारतीय सरकारको सहयोगमा उद्धार गरी नेपाल पठाएको जानकारी दिए । भारतले २ जना हंगेरी, १ जना रोमानिया र १ जनालाई पोल्याण्डबाट गरी चार जनालाई उद्धार गरेकाे हाे । नेपाल फर्किएका १० जनामध्ये बाँकी ६ जना आफै सहयोग जुटाएर नेपाल फर्किएका हुन् ।

एनआरएनए पोल्याण्डाका महासचिव पवन खड्काले संघले अलपत्र परेका नेपालीहरूलाई खाना बस्नको व्यवस्था गरेको बताए ।

एनआरएनए स्पेनका अध्यक्ष शालिकग्राम डुम्रेले युद्ध प्रभावित देशमा १ सय ३२ जना नेपाली एनआरएनए स्पेनको सम्पर्कमा आएको जानकारी दिए । उनले पीडितको आग्रह अनुसार अधिकांश नेपालीलाई पोर्चुगल पठाएको जानकारी दिए ।

एनआरएनए पोर्चुगलका अध्यक्ष रविन अधिकारीले युक्रेनबाट आएका नेपालीहरूको खाना बस्नको लागि आवश्यक सहयोग जुटाउन संघ सकृय रहेको बताए । युद्ध शुरु भएपछि युक्रेनमा रहेका नेपालीहरू आफ्नो ज्यान बचाउन पोल्याण्ड, स्लोभाकिया, फ्रान्स, हंगेरी, स्पेन, जर्मनी, रोमानिया र माल्दावा लगायतको देशमा पुगे छन् । पछिल्लो तथ्यांक अनुसार हालसम्म पोल्याण्डमा ४ सय ६६ जना, स्लोभाकियामा ७८ जना, रोमानियामा २८ जना, हंगेरीमा ८ जना, र ४ माल्दावा पुगेका हुन् ।

लिथआनिया र बेलारुसको जंगलमा ११ नेपाली अलपत्र

रुसबाट हिँडेका ११ जना नेपाली लिथआनिया र बेलारुसको जङ्गलमा अलपत्र परेका छन् । उनीहरूले एनआरएनए स्लोभाकियाका प्रतिनिधि जय प्रकाश शिवाकोटीलाई सम्पर्क गरी शनिबार आफ्नो उद्धारको लागि पहल गरिदिन आग्रह गरको हुन् ।

उनीहरू रुसबाट युरोपका अन्य मुलुक जान हिँडेको आशंका गरिएको छ । सम्पर्ककर्ता मध्येका एक सुभाव कुँवरले ह्वास्स एपमार्फत आफ्नो उद्धारको लागि अनुरोध गरेका थिए । जर्मनीको लागि नेपाली राजदूत रामबाबु खड्काले ती नेपालीहरू युक्रेन युद्ध पीडित नभएर अन्य विचौलियामामार्फत युरोप छिर्न हिडेको हुने सक्ने आशंका गरे ।

खड्काले उनीहरूको खोजीको लागि रुसस्थित नेपाली दूतावासमार्फत समन्वय गरेर उनीहरूसँग सम्पर्क स्थापित गर्न खोजिएको जानकारी दिए । उनीहरूले रुसमा विगत केही वर्षदेखि बसोबास गर्दै आएको समेत बताएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago