काठमाडौं: प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसद्मा दर्ता गरिएको महाभियोग प्रस्तावलाई राष्ट्रिय जनमोर्चाले समर्थन गर्ने भएको छ ।
जनमोर्चा उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरू महाभियोगको पक्षमा रहेको जनाएकी छन् । ‘संसद्मा दर्ता भएको महाभियोगको प्रस्तावमा हाम्रो समर्थन छ र संसद्मा पनि त्यो प्रस्तावको पक्षमा नै मतदान गर्ने मैले प्रतिबद्धता प्रकट गर्दछु,’ उपाध्यक्ष पौडेलले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदले आइतबार संसद्मा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएपछि जनमोर्चाकी उपाध्यक्षको उक्त अभिव्यक्ति आएको हो । प्रतिनिधि सभामा जनमोर्चाका एक सांसद छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…