दरबारको बर्तमान अवस्था
काठमाडौं: प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार र नेपाली जनताको अधिकारमाथिको प्रहार भएको निष्कर्ष निकालेको हो ।
सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको एमालेकाे निष्कर्ष रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई ढकेल्ने षयडन्त्रस्वरुप पनि आएको हुन सक्ने उनले बताए ।
महासचिव पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको जानकारी दिए। महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्नका लागि आवश्यक निर्णय गर्ने समेत बताए । त्यस्तै एमालेले सोमबार संसदीय दलको बैठक समेत बोलाएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…