प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष

काठमाडौं: प्रमुख विपक्षी नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्धको महाअभियोगलाई न्यायपालिका र लोकतन्त्रविरुद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकालेको छ ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग गम्भीर र षडयन्त्रपूर्ण घटना भएको भन्दै यसले लोकतन्त्रमाथिको प्रहार र नेपाली जनताको अधिकारमाथिको प्रहार भएको निष्कर्ष निकालेको हो ।

सत्ता गठबन्धनले नेपालमा नियन्त्रित अस्थिरता सिर्जना गर्ने उद्देश्यबाट महाअभियोग प्रस्ताव ल्याएको एमालेकाे निष्कर्ष रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए । स्थानीय तहको निर्वाचनलाई ढकेल्ने षयडन्त्रस्वरुप पनि आएको हुन सक्ने उनले बताए ।

महासचिव पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने र जनतालाई यसको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको जानकारी दिए। महासचिव पोखरेलले सोमवार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्नका लागि आवश्यक निर्णय गर्ने समेत बताए । त्यस्तै एमालेले सोमबार संसदीय दलको बैठक समेत बोलाएको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago