कपिलवस्तु: नेपालगन्जबाट बुटवलतर्फ जाँदै गरेको यात्रुवाहक बसमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका ४ बुड्डी आगलागी भएर पूर्ण रूपमा क्षति पुगेको छ । भे१ख २९५६ नम्बरको बसमा आइतबार साँझ अन्दाजी ७ बजे आगो लागेको थियो । बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
आगो सल्किएको थाहा भएपछि यात्रुहरू सामान निकालेर बाहिर निस्किएका थिए । बसको डिक्कीमा रहेको सामान भने निकाल्न नसकेको एक यात्रुले बताए ।
बसमा १४ यात्रु सवार रहेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले बताए । बसको लागेको आगो करिब ४५ मिनेटपछि नियन्त्रणमा आएको थियो । आगो निभाउन शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकल, नेपाल प्रहरी खटिएका थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…