युट्युवमा क्रियटरका लागि पैसा कमाउने नयाँ तरिका आउँदै

काठमाडौं । युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । युट्युवले आफ्ना क्रियटरका लागि आम्दानीको स्रोतको दायरा बढाउने तयारी गरेको हो ।

युट्युवले हालै एउटा ब्लग पोस्ट सार्वजनिक गर्दै क्रियटरका लागि थप पैसा कमाउन र आफ्नो पहुँच विस्तार गर्न सजिलाे बनाउन सहयाेग पुग्नेगरी नयाँ फिचर ल्याउन लागेको जानकारी दिएको छ ।

टिकटकजस्तै युट्युवकाे छोटो भिडियोहरू पोस्ट गर्ने प्लेटफर्म ‘शर्ट्स‘ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याउन लागिएको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले ‘ब्राण्ड कनेन्ट’ (BrandConnect) मार्फत ब्राण्डेड कन्टेन्ट बनाउने अवसर पाउनेछन् । साथै शर्ट्सबाटै किनमेल गर्न ‘सुपर च्याट’ एकीकृत गर्ने कम्पनीले जनाएकाे छ ।

किनमेलसँग सम्बन्धित भिडिओहरू राख्ने तथा लाइभ किनमेल गर्नेबाहेक यसका लागि अन्य फिचर पनि थप हुने कम्पनीले जनाएको छ ।

योसँगै युट्युवले धेरै नयाँ फिचर थप गर्ने भएको छ । क्रियटरहरूलाई लक्षित गरेर टिकटकमा जस्तै शर्ट्समा पनि नयाँ भिडिओ इफेक्टस, एडिटिङ टुल्स साथै कमेन्टहरूको हकमा पनि नयाँ सुविधा थपिने भएकाे छ । फलस्वरूप क्रियटरहरू निकट भविष्यमा राम्रा शर्ट भिडिओ बनाउन सक्षम हुनेछन् ।

साथै टिकटकमा जस्तै निश्चित कमेन्टलाई रेस्पोन्स गरी भिडिओ (शर्ट्स) बनाउने सुविधा पनि थप हुने भएको छ ।

साथै यही वर्षदेखि युट्युवले ‘लाइभ टुगेदर’ फिचर पनि ल्याउँदैछ, जसमा दुई जना प्रयोगकर्ता एकैपटक लाइभमा बस्न सक्छन् । यो वर्ष युट्युवको लेआउटमा पनि धेरै परिवर्तन आउने बताइएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago