युट्युवमा क्रियटरका लागि पैसा कमाउने नयाँ तरिका आउँदै

काठमाडौं । युट्युवबाट आम्दानी गर्ने नयाँ तरिका थपिने भएको छ । युट्युवले आफ्ना क्रियटरका लागि आम्दानीको स्रोतको दायरा बढाउने तयारी गरेको हो ।

युट्युवले हालै एउटा ब्लग पोस्ट सार्वजनिक गर्दै क्रियटरका लागि थप पैसा कमाउन र आफ्नो पहुँच विस्तार गर्न सजिलाे बनाउन सहयाेग पुग्नेगरी नयाँ फिचर ल्याउन लागेको जानकारी दिएको छ ।

टिकटकजस्तै युट्युवकाे छोटो भिडियोहरू पोस्ट गर्ने प्लेटफर्म ‘शर्ट्स‘ मार्फत पनि आम्दानी गर्न सकिने व्यवस्था ल्याउन लागिएको हो ।

यसअन्तर्गत प्रयोगकर्ताले ‘ब्राण्ड कनेन्ट’ (BrandConnect) मार्फत ब्राण्डेड कन्टेन्ट बनाउने अवसर पाउनेछन् । साथै शर्ट्सबाटै किनमेल गर्न ‘सुपर च्याट’ एकीकृत गर्ने कम्पनीले जनाएकाे छ ।

किनमेलसँग सम्बन्धित भिडिओहरू राख्ने तथा लाइभ किनमेल गर्नेबाहेक यसका लागि अन्य फिचर पनि थप हुने कम्पनीले जनाएको छ ।

योसँगै युट्युवले धेरै नयाँ फिचर थप गर्ने भएको छ । क्रियटरहरूलाई लक्षित गरेर टिकटकमा जस्तै शर्ट्समा पनि नयाँ भिडिओ इफेक्टस, एडिटिङ टुल्स साथै कमेन्टहरूको हकमा पनि नयाँ सुविधा थपिने भएकाे छ । फलस्वरूप क्रियटरहरू निकट भविष्यमा राम्रा शर्ट भिडिओ बनाउन सक्षम हुनेछन् ।

साथै टिकटकमा जस्तै निश्चित कमेन्टलाई रेस्पोन्स गरी भिडिओ (शर्ट्स) बनाउने सुविधा पनि थप हुने भएको छ ।

साथै यही वर्षदेखि युट्युवले ‘लाइभ टुगेदर’ फिचर पनि ल्याउँदैछ, जसमा दुई जना प्रयोगकर्ता एकैपटक लाइभमा बस्न सक्छन् । यो वर्ष युट्युवको लेआउटमा पनि धेरै परिवर्तन आउने बताइएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago