महाअभियोगको विषयमा आफूसँग गठबन्धनले कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि व्यक्त-जसपा

काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)ले महाअभियोगको विषयमा आफूसँग गठबन्धनले कुनै सल्लाह नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेको छ । जसपा प्रवक्ता डम्बर खतिवडाले गठबन्धनले यस विषयमा छलफल नभएको बताए ।

‘हामीले बिहान ८ बजेतिर जानकारी प्राप्त गरेका छौं । तर यस विषयमा हामीसँग कुनै सल्लाह भएको छैन । यस विषयमा हामी जानकारी खोजिरहेका छौं’ खतिवडाले भने, ‘यसले ल्याउन सक्ने साइड इफेक्टसहितको विषयमा छलफल हुने छ । के कारणले ल्याइएको हो त्यो बुझेपछि थप प्रतिक्रिया आउँछ ।’
खतिवडाका अनुसार २ महिनाअघि कानुन व्यवसायीहरूले महाअभियोगको विषयमा छलफल गर्न आएका थिए । तर त्यसबेला आफूहरूले अदालतको विषयमा प्रवेश गर्दा नराम्रो हुने सुझाव दिएको उनले बताए । ‘त्यस समयमा अदालतको विषयमा प्रवेश गर्दा राम्रो नहुने सुझाव दिएका थियौं,’ उनले भने ।

आइतबार कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गरेका हुन्। दर्तासँगै प्रधानन्यायाधीश जबरा निलम्बित भएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago