डोटीमा अदुवा कुहिन थालेपछि किसान चिन्तित

डोटी : काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको बर्सातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन् ।

मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिराएर हुने बर्सातका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको किसान बताउँछन् ।

जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँएपछि सुठो बनाउन सुरु गरेका थिए । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् ।

अदुवाको मूल्य नपाउँदा सुठो बनाउँदै गरेका यहाँका किसानलाई बर्सात र हिमपातले सुठो कुहिन थालेपछि चिन्तित बनाएको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताए । उनले भने, “काँचो अदुवाको मूल्य नपाएपछि गाउँमै सबै मिलेर सुठो बनाउँदै थियौँ, बर्सात र हिमपातले सुठो सुक्नै पाउँदैन, कुहिने भयो, यो वर्ष अदुवा खेतीले घाटा गर्ने निश्चित छ ।”

यहाँ उत्पादन हुने अदुवा तथा बेसारको मुख्य व्यापारिक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले हाल अदुवाको मूल्यमा घटीबढी गर्ने गरेका कारण यो वर्ष काँचो अदुवा बिक्री नगरी गाउँमै किसना मिलेर सुठो बनाएका थिए ।

घरको छाना तथा खुली रहेको गाउँकै काउले बजार नजिकैको खाली डाँडामा सुठोका लागि अदुवा सुकाइएको भए पनि दिन बिराएर हुने बर्सात हुँदा सुक्न नपाउँदै कुहिन थालेको सुनौलो किरण किसान समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले दुखेसो गरे ।

उनले भने, “अदुवा व्यापारीले मूल्यमा ओरालो लागेको छ, गाउँमै सुठो बनाएर बिक्री गरौँभन्दा बर्सातले अदुवा सुक्नै पाउँदैन, यो भन्दा ठूलो घाटा अरु के होला ।” यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सुठो बनाउन थालेको भए ।

उनका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म चर्को घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा बराबर पछि गएर सुकेपछि जम्मा एक किलो मात्रै सुठो हुने उनको भनाइ छ ।

सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले पनि यहाँका किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको थियो । किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो ।

काँचो अदुवा सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात आठ जना युवा परिचालन गरिएको छ । यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रति किलो रु २८ मा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका–५ का हर्कबहादुर बोहराले जानकारी दिए ।

यहाँका किसानको मुख्य आयस्रोत भनेको अदुवा र बेसार भएकाले उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवाँ प्रशोधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । भारतीय व्यापारीले अदुवा र बेसारको मूल्यमा वर्सेनि गर्ने उतारचढावले यहाँका किसानलाई ठूलो नोक्सानी हुने गरेको छ । रासस

Kamal Panthi

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago