डोटीमा अदुवा कुहिन थालेपछि किसान चिन्तित

डोटी : काँचो अदुवाको मूल्य नपाउँदा अदुवा सुकाएर सुठो बनाउँदै गरेका यहाँको बडिकेदार गाउँपालिकाका किसान लगातारजसो भइरहेको बर्सातका कारण सुठो सुक्न नपाउँदा चिन्तित भएका छन् ।

मेहनतअनुसारको मूल्य नपाएपछि उक्त पालिकामा उत्पादन भएको अदुवा सङ्कलन गरी गाउँमै सुठो बनाउन थाले पनि पछिल्लो समय भएको हिमपात र दिन बिराएर हुने बर्सातका कारण सुठो सुक्न नपाउँदा कुहिने अवस्थामा पुगेको किसान बताउँछन् ।

जिल्लाको बडिकेदार गाउँपालिका–४ का किसानले काँचो अदुवाको मूल्य नपाउँएपछि सुठो बनाउन सुरु गरेका थिए । अदुवा तथा बेसारखेतीका लागि जिल्लाकै प्रसिद्ध मानिँदै आएको उक्त पालिकामा प्रायः सबै किसानले अदुवा र बेसारखेती गर्दै आएका छन् ।

अदुवाको मूल्य नपाउँदा सुठो बनाउँदै गरेका यहाँका किसानलाई बर्सात र हिमपातले सुठो कुहिन थालेपछि चिन्तित बनाएको बडिकेदार–४ का अदुवा व्यापारी खडक केसीले बताए । उनले भने, “काँचो अदुवाको मूल्य नपाएपछि गाउँमै सबै मिलेर सुठो बनाउँदै थियौँ, बर्सात र हिमपातले सुठो सुक्नै पाउँदैन, कुहिने भयो, यो वर्ष अदुवा खेतीले घाटा गर्ने निश्चित छ ।”

यहाँ उत्पादन हुने अदुवा तथा बेसारको मुख्य व्यापारिक केन्द्र भारतको पलिया, गौरीफण्टा र बनबासा भएको र त्यहाँका व्यापारीले हाल अदुवाको मूल्यमा घटीबढी गर्ने गरेका कारण यो वर्ष काँचो अदुवा बिक्री नगरी गाउँमै किसना मिलेर सुठो बनाएका थिए ।

घरको छाना तथा खुली रहेको गाउँकै काउले बजार नजिकैको खाली डाँडामा सुठोका लागि अदुवा सुकाइएको भए पनि दिन बिराएर हुने बर्सात हुँदा सुक्न नपाउँदै कुहिन थालेको सुनौलो किरण किसान समूह बडिकेदार–४ का अध्यक्ष नरेन्द्रबहादुर ताडीले दुखेसो गरे ।

उनले भने, “अदुवा व्यापारीले मूल्यमा ओरालो लागेको छ, गाउँमै सुठो बनाएर बिक्री गरौँभन्दा बर्सातले अदुवा सुक्नै पाउँदैन, यो भन्दा ठूलो घाटा अरु के होला ।” यहाँका किसानले उत्पादन गरेको काँचो अदुवालाई गाउँकै व्यापारीले सुठो बनाउन थालेको भए ।

उनका अनुसार काँचो अदुवालाई कम्तीमा पनि एकदेखि दुई हप्तासम्म चर्को घाममा सुकाएर सुठो बनाइन्छ । तीन किलो काँचो अदुवा बराबर पछि गएर सुकेपछि जम्मा एक किलो मात्रै सुठो हुने उनको भनाइ छ ।

सुकाएर बनाइएको सुठो बर्सौसम्म पनि नकुहिने तथा नबिग्रिने भएकाले पनि यहाँका किसानले उत्पादन गरेका अदुवा गाउँमै सुठो बनाउन थालिएको थियो । किसानले उत्पादन गरेको अदुवा स्थानीयस्तरमै बिक्री वितरण तथा खपत गर्ने उद्देश्यले सुठो बनाउन थालिएको हो ।

काँचो अदुवा सुठो बनाउनका लागि गाउँका कम्तीमा पनि सात आठ जना युवा परिचालन गरिएको छ । यहाँका व्यापारीले अहिले गाउँमा उत्पादन गरिएको काँचो अदुवा प्रति किलो रु २८ मा खरिद गरी सुठो बनाउन थालेको बडिकेदार गाउँपालिका–५ का हर्कबहादुर बोहराले जानकारी दिए ।

यहाँका किसानको मुख्य आयस्रोत भनेको अदुवा र बेसार भएकाले उक्त खेतीलाई बढी प्राथमिकतामा राखी गाउँमै अदुवाँ प्रशोधन केन्द्र बनाउनुपर्ने स्थानीयवासीको माग रहेको छ । भारतीय व्यापारीले अदुवा र बेसारको मूल्यमा वर्सेनि गर्ने उतारचढावले यहाँका किसानलाई ठूलो नोक्सानी हुने गरेको छ । रासस

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago