सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले नेपाललाई हेप्न थाले

सुनसरी: एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारको दोहोरो खेलकै कारण विदेशी राष्ट्रले हेप्न थालेको टिप्पणी गरेका छन् । आइतबार सुनसरीको इटहरीमा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले विदेशीको इसारामा गठबन्धन सरकार चल्न थालेकोसमेत बताए ।

अमेरिकाले दिने सहयोगको सम्बन्धमा गोप्य रूपमा भित्री सहमति गरेर अब केही दिनमै पास गर्छौ भन्ने तर जनतालाई त्यस्तो हैन देशको अहितमा हामी छैनौं भन्ने दोहोरो चरित्र सरकारले देखाएको आराेपसमेत लगाए । ‘गोप्य पत्रमा हामी जसरी नि पास गछौं, एक दुई महिना पर्खिदिनु पर्‍याे’ भन्दै हस्ताक्षर गर्नुले बाहिरी देशले नेपाललाई हेप्न थालेको उनले बताए ।

नेपाली कांग्रेससका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेकाे पत्रले सरकार देशप्रति कुनै संवेदनशील नरहेको पाेखरेलकाे भनाइ छ । ‘सरकार यतिबेला काठ काट्ने आरा जस्तो उता तान्दा नि काटिन्छ, यता काट्दा पनि काटिन्छ जस्तै भएको छ । प्रचण्डकाे ढाडमा टेकेर टाउकामा हान्ने र अन्तरविरोधमा खेल्नेबानीका कारण आज यस्तो भयो,’ उनले भने, ‘अहिले नै हामी बोलेर हिँड्दैनौ, संसदमा लेऊ जे गछौं हामी गर्छौं।’

पाँचदलीय गठबन्धन सरकारमा छलफल गरेर एमसीसी संसदमा टेबुल गर्न उनले सरकारलाई चुनौती पनि दिए । एमसीसीबारे एमालेको धारणा आउनुभन्दा गठबन्धन सरकारको धारणा के हो प्रष्ट पार्न पाेखरेलले आग्रह गरे ।

एमाले उपाध्यक्ष पाेखरेलले आजै इटहरी उपमहानगरपालिकाले निर्माण गर्न लागेको प्रशासनिक भवनको समेत शिलान्यास गरेका छन् । नाै करोडभन्दा बढी लागत अनुमान गरिएको भवन २०८० सालसम्म बनिसक्ने छ । उनले इटहरी-१७ लविपुरमा बनेकाे पुलको समेत उद्घाटन गरेका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago