गोरखा जिल्ला टुक्र्याएर दुईवटा बनाउने निर्णय किन?

पोखरा: केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो ।

उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताएका थिए । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बनाउनुपर्ने भट्टराईको भनाइ थियो ।

अहिले त्यहाँका स्थानीय राजनीतिक दलहरूले पनि जिल्ला टुक्र्याउने निर्णय गरेका छन् । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको भेलाले धार्चे र चुमनुब्रीलाई छुट्टै स्वायत्त जिल्लाको रूपमा घोषणा गर्नुपर्ने माग राखेका हुन् । यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन भएको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

दुई पालिकाको जिल्ला कत्रो बन्छ ?
गोरखाको तीन हजार ६ सय १० वर्गकिलोमिटर क्षेत्रफलमध्ये दुई हजार तीन सय वर्गकिलोमिटर दुई गाउँपालिकाले मात्रै ओगटेका छन् । तर जनसंख्या भने निकै कम छ । दुई पालिकाको जनसंख्या जम्मा २० हजार एक सय ५२ छ । जिल्लाकाे जनसंख्या भने दुई लाख ७२ हजार एक सय ६९ छ ।

सबै हिसावले छिमेकी जिल्ला मनाङभन्दा ठूलो हुनेछ । मनाङको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्गकिलोमिटर र जनसंख्या ६ हजार पाँच सय ३८ मात्रै छ ।

धार्चे र चुमनुब्रीले ५० प्रतिशतभन्दा धेरै भूगोल ओगटेको भए पनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको ठहर स्थानीयको छ । ‘यो क्षेत्र धेरै पिछडियो । सकेसम्म छुट्टै जिल्ला भए राम्रो नभए पनि विशेष संरक्षित क्षेत्रको रूपमा यसको विकास गर्नुपर्छ,’ चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘संविधानमा स्वायत्त क्षेत्रको पनि परिकल्पना छ । हामी छुट्टिएर बस्नेभन्दा विकास खोजेका हौं ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago