गोरखा जिल्ला टुक्र्याएर दुईवटा बनाउने निर्णय किन?

पोखरा: केही महिनाअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखालाई दुई जिल्ला बनाउनुपर्ने अभिव्यक्ति दिएपछि हलचल मच्चियो ।

उनले धार्चे र चुमनुब्री गाउँपालिकाको छुट्टै जिल्ला बनाउनुपर्ने बताएका थिए । त्यहाँको भूगोल र स्थानीय रहनसहन अरु भूभागभन्दा छुट्टै भएको भन्दै जिल्ला नै अर्को बनाउनुपर्ने भट्टराईको भनाइ थियो ।

अहिले त्यहाँका स्थानीय राजनीतिक दलहरूले पनि जिल्ला टुक्र्याउने निर्णय गरेका छन् । सर्वदलीय बैठक बसेर सबैजसो राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक अगुवाहरूको भेलाले धार्चे र चुमनुब्रीलाई छुट्टै स्वायत्त जिल्लाको रूपमा घोषणा गर्नुपर्ने माग राखेका हुन् । यसका लागि दुई पालिकाको छुट्टाछुट्टै समन्वय समिति गठन भएको छ । धार्चेका विश्व गुरुङको संयोजकत्वमा चार सदस्यीय र चुमनुब्रीका गणेश कार्कीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो ।

दुई पालिकाको जिल्ला कत्रो बन्छ ?
गोरखाको तीन हजार ६ सय १० वर्गकिलोमिटर क्षेत्रफलमध्ये दुई हजार तीन सय वर्गकिलोमिटर दुई गाउँपालिकाले मात्रै ओगटेका छन् । तर जनसंख्या भने निकै कम छ । दुई पालिकाको जनसंख्या जम्मा २० हजार एक सय ५२ छ । जिल्लाकाे जनसंख्या भने दुई लाख ७२ हजार एक सय ६९ छ ।

सबै हिसावले छिमेकी जिल्ला मनाङभन्दा ठूलो हुनेछ । मनाङको क्षेत्रफल दुई हजार दुई सय ४६ वर्गकिलोमिटर र जनसंख्या ६ हजार पाँच सय ३८ मात्रै छ ।

धार्चे र चुमनुब्रीले ५० प्रतिशतभन्दा धेरै भूगोल ओगटेको भए पनि त्यहाँको आर्थिक, सामाजिक, शैक्षिक विकास राम्रोसँग हुन नसकेको ठहर स्थानीयको छ । ‘यो क्षेत्र धेरै पिछडियो । सकेसम्म छुट्टै जिल्ला भए राम्रो नभए पनि विशेष संरक्षित क्षेत्रको रूपमा यसको विकास गर्नुपर्छ,’ चुमनुब्री गाउँपालिका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘संविधानमा स्वायत्त क्षेत्रको पनि परिकल्पना छ । हामी छुट्टिएर बस्नेभन्दा विकास खोजेका हौं ।’

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago