बेइजिङ: बेइजिङ विन्टर ओलम्पिक-२०२२ मा जर्मनी र नर्वेले सर्वाधिक आठ स्वर्ण पदक जितेका छन् । प्रतियोगिताको नवौं दिनमा जर्मन पदक तालिकाको शीर्ष स्थानमा रहँदा नर्वे दोस्रो स्थानमा छ । जर्मनीले आठ स्वर्ण, चार रजत र एक कास्यसहित १४ पदक जितेको छ । यता, नर्वेले आठ स्वर्ण, तीन रजत र ६ कास्यसहित १७ पदक हात पारेको छ ।
जारी प्रतियोगितामा ९३ मध्ये २६ देशले पदक तालिकामा खाता खेलेका छन् । २० राष्ट्रले स्वर्ण पदक जितेका छन् । संयुक्त राष्ट्र अमेरिका, नेदरल्यान्ड र स्विडेनले पाँच स्वर्ण जितेका छन् । अष्ट्रेलिया र चीनले समान चार स्वर्ण जित्दा रसियन ओलम्पिक कमिटीले ३ स्वर्ण पदक जितेको छ ।
इटाली, जापान, स्लोभेनिया र स्विजरल्यान्डले दुई दुई स्वर्ण पदक जित्दा क्यानडा, अष्ट्रेलिया, दक्षिण कोरिया, फिन्ल्यान्ड, चेक रिपब्लिक र स्लोभाकियाले एक एक स्वर्ण पदक जितेका छन् । २४औं शीतकालीन ओलम्पिक ४ देखि २० फेब्रुअरीसम्म आयोजना हुनेछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…