नयाँ विद्यार्थी र व्यवसायीका लागि प्रवेश प्रतिबन्ध हटाउने- प्रधानमन्त्री फुमिओ किसिदा

जापान: जापानका प्रधानमन्त्री फुमिओ किसिदाले लामो समयदेखि रोकिएको विदेशीको जापान नयाँ प्रवेश छिट्टै खुला गर्ने तयारी भइरहेको बताएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री किसिदाले नयाँ प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायीका लागि लगाएको यात्रा प्रतिबन्ध खुलाउने तयारी गरेको बताएका हुन् ।

लामो समयदेखि जापान प्रतिबन्धले विदेशीसहित विज्ञहरुको चौतर्फी आलोचना भइरहेको थियो ।ओमिक्रोनको अवस्था, देश भित्र र बाहिर कोरोना संक्रमणको स्थिति र अन्य देशका क्वारेन्टिन स्थितिलाइ अवलोकन गरेपछि चाँडै निर्णय लिइने प्रधानमन्त्रीले बताएका छन् ।

त्यस्तै जापानी दैनिक निक्केइ पत्रिकामा बिहिबार छापिएको समाचारअनुसार फेब्रुअरीको अन्त्यदेखि नव प्रवेशी अन्तर्राष्ट्रिय विद्यार्थी तथा व्यवसायीका लागि जापान प्रवेश खुल्ला हुनेछ । पहिलो चरणमा प्रतिदिन १ हजार जना व्यवसायी तथा विद्यार्थीहरुलाई जापान प्रवेश दिइनेछ। जसलाई विस्तारै बढाइने बताइएको छ ।

लामो समयदेखि जापानले लगाएको प्रवेश प्रतिबन्ध यहि फेब्रुअरीको अन्तिममा सकिँदैछ । जापान कोरोना नियन्त्रणको लागि कठोर प्रवेश प्रतिबन्ध लगाउने देशमा पर्छ।

लामो समयको प्रवेश प्रतिबन्धलाई नहटाएपछि विदेशी विधार्थीहरुले आ-आफ्नो देशमा विरोध प्रदर्शन समेत गरेका थिए । नेपाली विधार्थी पनि जापानले प्रवेश नखुलाएको भन्दै केही समय अघि जापानी राजदूतावास काठमाडाैँ अघि गएर विरोध गरेका थिए । ओमिक्रनको संक्रमण बढेपछि जापानमा यतिबेला धेरै प्रिफेक्चरमा अर्धआपतकाल चलिरहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago