महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार

दार्चुला – दार्चुला सदरमुकाम खलंगाको महाकाली नदी किनारबाट बालुवा निकाल्ने क्रममा बगेकी महिलाको प्रहरीले उद्धार गरेको छ। आइतबार बिहान ८ बजेतिर महाकाली नदी किनारमा बालुवा निकाल्दा स्थानीय २४ वर्षीया लिला ओडलाई महाकाली नदीले बगाएको थियो।

बगाउँदै गर्दा नदीको बीचमा एउटा ढुङ्गामा उत्रिन सफल भएपछि ओडबीच नदीमा अड्किएकी थिइन्।

नदीमा अड्किएको जानकारी आएपछि उद्धारका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्मा नेतृत्वको टोली उक्त क्षेत्रतर्फ गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

बिहानको चिसो नदीमा पौडिएर प्रहरीले महिलाको सकुशल उद्धार गरेका छन्। उद्धार गरी ओडलाई जिल्ला अस्पताल दार्चुला पुगाइएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। भारतको छिरकिल्लामा रहेको धौलीगङ्गाबाँधका ढोका खोल्दा महाकाली नदीमा बहाब बढ्ने गरेको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago