संसदले जारी गर्‍यो प्रधानन्यायाधीश राणा निलम्बनको सूचना, राष्ट्रपतिसहित ६ जनालाई पठाइयो जानकारी

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि १०१ सांसदहरुले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि संसद सचिवालयले उनी निलम्बन भएको सूचना प्रकाशित गरेको छ।

प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा पठाएको छ।

राष्ट्रपति कार्यालयसहित संवैधानिक आयोग, न्याया परिषद्, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत र प्रधानन्यायाधीश राणालाई उनी निलम्बित भएको सूचना पठाएको हो।

नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म नेपालको प्रधानन्यायाधीशले कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कार्य प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न पाउनेछैन भन्ने व्यवस्था रहेकाले उक्त आरोप किनारा नलागेसम्म उनले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने सूचना संसद सचिवालयले जानकारी गराएको हो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago