काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि १०१ सांसदहरुले प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता गरेपछि संसद सचिवालयले उनी निलम्बन भएको सूचना प्रकाशित गरेको छ।
प्रधानन्यायाधीश राणा निलम्बित भएको सूचना संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित ६ ठाउँमा पठाएको छ।
राष्ट्रपति कार्यालयसहित संवैधानिक आयोग, न्याया परिषद्, प्रधानमन्त्री कार्यालय, सर्वोच्च अदालत र प्रधानन्यायाधीश राणालाई उनी निलम्बित भएको सूचना पठाएको हो।
नेपालको संविधानको धारा १०१ को उपधारा ६ अनुसार महाअभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुंगो नलागेसम्म नेपालको प्रधानन्यायाधीशले कार्यसम्पादन गर्न पाउने छैन भन्ने संवैधानिक व्यवस्था रहेको तथा प्रतिनिधिसभा नियमावली २०७५ को नियम १६१ को उपनियम ९ मा महाअभियोगको कार्य प्रारम्भ भएपछि आरोपित प्रधानन्यायाधीशले आफ्नो पदको कार्यसम्पादन गर्न पाउनेछैन भन्ने व्यवस्था रहेकाले उक्त आरोप किनारा नलागेसम्म उनले आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने सूचना संसद सचिवालयले जानकारी गराएको हो।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…