प्रि ओपन सेसन अपडेटः साढे १७ अंक घट्यो नेप्से

२०७८, १ फाल्गुन आईतवार ११:०८

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १७ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ११.९६ अंक घटेर २८०१.५७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १७.६८ अंक घटेर २७८३.८९ विन्दुमा झरेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ३.४१ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ४६ कम्पनीको १ करोड ४५ लाख ५९ हजार ५४५ रुपैयाँ ८० पैसा बराबरको २० हजार ८१३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ७ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

 

Comments

ताजा खबर