काठमाडौँ: आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ चासोको विषय बनेको छ । सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन् ।

प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन कहिलेसम्म भन्नेबारे केही बोलेका छैनन् । १४ औँ महाधिवेशनमार्फत देउवापछि पार्टीको दोस्रो शक्ति बनेर उदाएका नेता डा‍. शेखर कोइरालाले आगामी चुनावमा एक्लै लड्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन् । उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ‘शेखर दाले आगामी चुनावमा कांग्रेस एक्लै भिड्नुपर्छ भन्नुभएको छ ।’ नेता कोइरालाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चुनावमा एक्लै भिड्नुपर्ने प्रस्ताव पेस गरेका थिए ।

नेता विमलेन्द्र निधिले पनि कांग्रेस चुनावमा एक्लै होमिनुपर्ने धारणा व्यक्त गरेका छन् । सार्वजनिक कार्यक्रम र पार्टीका कुनै औपचारिक/अनौपचारिक बैठकमा यसबारे केही नबाेले पनि निधिले चुनावमा एक्लै लड्नुपर्ने पक्षमा रहेको उनीनिकट नेताहरूले बताएका छन् ।

निधिको प्रेस हेर्दै आएका पत्रकार रामजी दाहालले पनि यसबारे पुष्टि गरे । दाहालले भने, ‘आगामी चुनावमा कांग्रेसले एक्लै चुनाव लड्दा फाइदा हुने पक्षमा निधि दाइ हुनुहुन्छ, कांग्रेस एक्लै चुनावमा लड्नुपर्ने उहाँको धारणा छ ।’

पाँचदलीय उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले भने सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने बताएका छन् । केही दिनअघि पोखरामा एक सार्वजनिक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् । समिति संयोजक र पार्टीमा पनि हैसियत भएका नेताले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने कांग्रेसले चुनावसम्म यही गठबन्धनलाई निरन्तरता दिन्छ । तर महत्वपूर्ण विषयमा पार्टीभित्र सभापति देउवाले एकल निर्णय गर्दै आएकाले पौडेलको अभिव्यक्तिले खास अर्थ नराख्न पनि सक्छ ।

शेखर कोइराला समुहले एकल रूपमा भिड्ने माग गरिरहदा देउवालाई पार्टीभित्र दबाब भने पर्ने देखिएको छ । देउवा प्रधानमन्त्री बनेपछि संविधान र लोकतन्त्रको रक्षा र जनताको अपेक्षा अनुसार सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्यले सत्तारुढ पाँचदलीय गठबन्धन गठन गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको ११ सदस्यीय समिति गठन भएको थियो । अत्यन्तै जटिल र पेचिलो बन्दै गएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, स्थानीय तहको चुनावको मिति तय लगायत अन्य समसायिक राजनीतिक एजेन्डाका कारण सत्ता गठबन्धनमा खटपट आउने संशय पैदा भएको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago