नेको इन्स्योरेन्सको खुद नाफामा ४३% को गिरावट, बीमालेख संख्या पनि घट्यो

काठमाडौं: निर्जीवन बीमा व्यवसाय गर्ने नेको इन्स्योरेन्स लिमिटेड (NIL) ले आर्थिक वर्ष २०७८/७९ को दोश्रो त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीले यस त्रैमास सम्ममा रु.१५.०२ करोड खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासको तुलनामा ४३.१०% ले कमी रहेको छ। खुद नाफा घटेसँगै कम्पनीको प्रति शेयर आम्दानी रु.४०.०८ बाट घटेर रु.१९.७५ कायम हुन आएको छ।

लगानी तथा कर्जा वापत आयमा सामान्य वृद्धि आए पनि कुल आयमा उच्च ४०.७५% को गिरावट आएकोले कम्पनीको खुद नाफा घटेको हो।

रु.१.५२ अर्ब चुक्ता पूंजी रहेको कम्पनीको जगेडा कोष १६.७२% ले घटेर रु.५३.५६ करोड कायम हुन आएको छ। यस्तै, बीमा कोष बढेर रु.१.१७ कायम भएको छ भने कुल शेयरधनीकोषमा रु.३.३० अर्ब कायम रहेको छ। शेयरधनीकोष अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.६५% बढेको छ। शेयरधनीकोष बढे पनि शेयर संख्या बढेकोले प्रति शेयर किताबी मुल्य भने रु.२२९ बाट घटेर रु.२१७.४० कायम हुन आएको छ। हाल बीमा कोष र चुक्ता पूंजीको अनुपात ७७.१९% रहेको छ। बीमा कोष चुक्ता पूंजीको शत प्रतिशत नहुँदा सम्म कम्पनीले खुद नाफाको ५०% रकम यस कोषमा जम्मा गर्नु पर्ने व्यवस्था रहेको छ।

समिक्षा अवधिमा इन्स्योरन्सद्वारा जारी गरिएको बीमालेख संख्यामा गिरावट आए पनि बीमाशुल्क संकलन भने बढेको छ। इन्स्योरन्सले यस आर्थिक वर्षमा मात्र १ लाख ६५ हजार २ सय ५६ बिमालेख जारी गरी रु.१.५८ अर्ब आर्जन गरेको छ। जारी गरिएको बीमालेख अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४१% ले घटेको छ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु.३.४३ अर्ब रहेको कुल लगानी दोश्रो त्रैमाससम्म आईपुग्दा रु.४.३० अर्ब रहेको छ जस मध्य रु.४८.७५ करोड करोड दिर्घकालिन समयको लागि रहेको छ भने बाँकी रु.३.८१ अर्ब अल्पकलिन समयको लागि रहेको छ। कुल लगानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.३४% ले बढि रहेको हो।

Kamal Panthi

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago