सुर्खेत: दिउँसोको सिरसिरे बतास । बिहानैदेखि आकास डम्म थियो । नजर खुल्ला आकाशको छानोमुनि कलिला हातहरूतिर ठोकियो । एक हातमा हथौडा अनि अर्को हातमा ढुंङ्गामाथि हथौडा बजारिरहेका थिए । कापी कलम समाउनुपर्ने हातहरू निरन्तर हथौडाले ढुङ्गा र ढुंगामाथि कलिला हातहरू बजारिरहेका थिए ।

तिमीहरू पढ्ने विद्यालयको नाम के हो ? ढुङ्गामाथि बजार्दै गरेका हातहरूलाई रोक्दै एकै स्वरमा उनीहरूको उत्तर थियो, ‘सरकारी स्कुलमा हो । हामी सरकारी स्कुलमा पढ्छौँ’ । फेरि सोधेF स्कुलको नाम नै सरकारी स्कुल हो र ? मेरो प्रश्नमा उनीहरू केही बोलेनन् । आफैँमा एक आपसमा मुखामुख गर्न थाले ।

उनीहरूको विद्यालय उनीहरूकै पिठ्युँमा थियो । उनीहरूले लगाएको ट्याकसुटमा । जनआधारभूत विद्यालय ठाटीकाँध गाउँपालिका–२ पीपलचौतारा । सरकारी स्कुलमा पढेका न हुन् कसरी थाह पाउन र के हो ? विद्यालयको नाम । नितरन्तर प्रश्न उनीहरूमाथि तेस्राउदै गएँ ।

कति कक्षामा पढ्छौँ ? विद्यालय जान छोडेर किन गिट्टी कुट्न थालेको ? मेरा प्रश्नहरूमा निरन्तर उत्तर दिँदै गए । भुपेन्द्र थापा दुई कक्षा । काले थापा चार कक्षामा । विद्यालय जान मन थियो विद्यालय बन्द छन् । घरमा पैसाको समस्या छ । गिट्टी कुटेर आएको पैसाले कापी कलम किन्ने हो ।

भविष्यमा पढेर के बन्ने हो ? भविष्यमा डाक्टर/पाइलट बन्ने रहेको बताए । हरियो टयाकसुट लगाएका काले थापाले भने, ‘भविष्यमा डाक्टर, पाइलट आर्मी–पुलिस बन्ने थियो । कोरोनाका कारण त्यो इच्छा पूरा हुँदैन जस्तो छ ।’

कोरोनाका कारण विद्यालय बन्द भएपश्चात् घरायसी काममा र गिट्टीको रासमा बसेर भविष्य खोज्ने उनीहरू काले र भुपेन्द्र एक प्रतिनिधि पात्र मात्र हुन् । उनीहरू जस्तै कैयौँले कोरोनाका कारण विद्यालय बन्द हुँदा गिट्टीको रासमाथि र दाउराको भारीमा भविष्य खोज्दै अन्ततः उनीहरू परदेशका पालापहाडमा आफ्नो भविष्य खोज्दा खोज्दै सेलाउँछन् ।

कोरोनाका कारण विद्यालय बन्द हुँदा आफूहरू यही ठाउँमा गिट्टी कुट्दै आएको भुपेन्द्र थापा बताउँछन् । विद्यालय जाने औधी मन हुँदा पनि विद्यालय बन्द हुँदा कापी कलम जुटाउने पैसाको लागि गिट्टी कुट्ने गरेको उनीहरूको भनाई छ ।

कोरोनाका कारण विद्यालय बन्द हुँदा उनीहरूको पढाइ प्रभावित भएको छ । यहाँका अधिकांश बालबालिका बिदाको समयमा यसरी नै घरायसप् काम गर्दै दैनिकी गुजारेको स्थानीय पञ्चा बिक बताउँछिन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago