फाइल फोटो
काठमाडौं । मेडिकल कलेजको शुल्क विवादबारे छलफल गर्न शिक्षामन्त्री देवेन्द्र पौडेलले सर्वपक्षीय बैठक बोलाएका छन् ।
मेडिकल कलेजहरुले विद्यार्थीबाट तोकिएको भन्दा धेरै शुल्क लिएको भन्दै विद्यार्थीहरु आन्दोलित छन् ।मन्त्री पौडेलका प्रेस संयोजक बिमल खड्काका अनुसार भोलि बिहान ११ बजे सर्व पक्षीय बैठक बोलाएका हुन् ।बैठकमा कलेज संचालक, विद्यार्थी, विश्वविद्यालयका पदाधिकारी, चिकित्सा शिक्षा आयोगका पदाधिकारी र अभिभावकलाई बोलाइएको छ ।
विराटनगरको नोवेल मेडिकल कलेज, काठमाडौंको काठमाडौं मोडेल कलेज र पोखराको मणिपाल कलेजमा विद्यार्थीले महंगो शुल्कविरुद्ध रिले अनसन गरिरहेका छन् ।यसविरुद्ध सत्तारुढ गठबन्धन सम्वद्ध विद्यार्थी संगठन पनि आन्दोलित छन् ।शुल्क विवादबारे अनुगमन गर्न शिक्षा मन्त्री पौडेल केहीदिनअघि काडमाडौं मेडिकल कलेजमा अनुमगन गर्न पुगेका थिए ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…