नेप्से सूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा माथि तिर जाने प्रयास गर्दै नेप्से

काठमाडौं : पुसको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचकले उत्साह भर्ने काम गरेको छ । बुधबार सामान्य करेक्सन भएको बजारमा बिहीबार फेरि रौनकता छाएको हो । यस दिन नेप्से सूचक ५४.१२ अंकले बढेर २८५७.७५ विन्दुमा आइपुगेको छ । ६ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बजार थप केही करेक्सन हुन लागेको हो कि भन्ने आम आशंकाको बीचमा नेप्से फेरि सकारात्मक बनेको हो ।

यसअघि लामो समयसम्म बजार घटेको, भाउ सस्तो भएको अनि तरलता सहज हुँदै गएको सन्दर्भमा सेयर बजारको माहोल फेरि सकारात्मक बनेको हो । तलमाथि गर्नु नै सेयर बजारको चरित्र हो । यसअघि साढे चार महिनाको अवधिमा बजार अस्वभाविकरुपमा घटेको थियो । बजार जसरी घटेको थियो, त्यसरी नै बढ्नेक्रममा लागेको विश्लेषकहरु बताउँछन् । पुस सुरु भएसँगै बजार बढ्दो प्रवृत्तिमा देखिन सुरु भएको हो ।

माघ लागेपछि बजारमा अझै सुधार हुन्छ भन्ने लगानीकर्ताको मनोविज्ञान रहेको छ । यसअघि साढे ४ महिनाकै अवधिमा नेप्से सूचकमा झन्डै ३०% को गिरावट आएको थियो । बजारले झन्डै १३ खर्ब बजार पुँजीकरण गुमाएको थियो । बुल बजारमा छोटो समयमा आएको यो करेक्सन निकै ठूलो मानिएको थियो । यसरी भारी करेक्सन हुँदा सेयर भाउ निकै तल्लो विन्दुमा आयो । सोही कारण एकाएक लगानीकर्ताहरु आकर्षित भएका हुन् ।

सस्तो भाउमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सबैप्रकारका लगानीकर्ता उत्साहित भएका छन् ।  बजार बढ्नुमा सरकार तथा केन्द्रीय बैंकले लिएका पछिल्ला नीतिहरु पनि निकै सहयोगी बनेका छन् । स्थानीय तहमा जाने बजेटमध्ये ८०% लाई निक्षेपमा गणना गर्न पाइने, आयातमा कडाई, सुनचाँदी आयातमा पनि नियन्त्रण अनि डलर लैजान पाउने सीमामा नियन्त्रण लगायतले आन्तरिक बजारमा तरलता सहज हुँदै जाने अपेक्षा गरिएको छ ।यसैगरी, बिमा समितिले बिमा कम्पनीहरुलाई नगद लाभांश दिन रोक्ने र बोनसमा जोड दिने निर्णय गरेको छ । हाम्रो बजारले बोनस सेयर रुचाउने भएकाले पनि यसको सकारात्मक प्रभाव बिमा कम्पनीहरुको बजार मूल्यमा परिरहेको  छ । यस्तै, माघ लाग्नै लाग्दा सरकारी खर्च बढ्ने प्रक्षेपणहरु भइरहेका छन् । कोरोना संक्रमण फैलिन थालेकाले लगानीका अरु क्षेत्रहरु संकुचित हुन थालेका छन् ।

यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ । चुनावका कारण पनि तरलता थप सहज हुने अनुमान गर्न सकिन्छ । यी कारणहरुले नै अहिले सेयर बजारमा चमक आएको हो । यसअघि बजार जसरी घटेको थियो, अब त्यसरी नै वृद्धि हुने विश्लेषकहरुको भनाई रहेको छ ।

बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ । यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् ।

लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् । ग्रोथ स्टक छान्ने कि ब्लुचीप भन्ने पनि लगानीकर्ता आफैंले निर्णय गर्ने हो । आफूलाई चाहिने नाफा प्रतिशत, होल्ड गर्ने अवधिका बारेमा पनि सचेत हुनुपर्ने उनीहरुको भनाई रहँदै आएको छ ।

यस दिन अन्यबाहेक बाँकी सबै समूहको सूचकमा वृद्धि देखिएको छ । हाइड्रोपावर, फाइनान्स, बिमा लगायतका समूहहरुमा बढी तेजी आएको छ । ४ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा माथि वृद्धि भएको छ । ३४ करोड ३१ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अपर तामाकोशी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र निफ्रा परेका छन् । २२४ कम्पनीको १ करोड १८ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago