निर्वाचन क्षेत्रबाट जम्मा २२४ जनाको उम्मेदवारी मध्ये ११९ स्वतन्त्र

सिरहा: यहीँ मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ का लागि सिराहामा पार्टीभन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व रहेको छ । चारवटा संघीय तथा आठ वटा प्रदेशसभा निर्वाचन क्षेत्रबाट जम्मा २२४ जनाको उम्मेदवारी मध्ये ११९ स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यसले स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेको र उनीहरूले गरेको काममा प्रभावित भएर यो निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार बढेको आकलन गरिएको छ । तर, स्वतन्त्र उम्मेदवारहरू पार्टीहरूले जनताको भावनामाथि खेलबाड गरेकाले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको दाबी गर्छन् ।

सिरहा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका लेखक तथा पत्रकार रामरिझन यादवले दलहरू भ्रष्टाचारमा लिप्त भएकाले त्यही दलमा बसेर उनीहरूको विरोध गर्न नसकिने भएकाले आफू स्वतन्त्र भएको बताए । उनले भने, ‘एउटा कालखण्ड पार्टी राजनीतिमा बिताएँ, त्यही दलहरू अहिले भ्रष्टाचारमा लिप्तछन्, दलभित्रै बसेर भ्रष्टाचारीको विरोध गर्न सम्भव नभएकाले म स्वतन्त्र भएँ ।’

सिरहा क्षेत्र नम्बर २ कै अर्का स्वतन्त्र उम्मेदवार पत्रकार महासंघ केन्द्रीय सदस्य देव कुमार यादवले राजनीति दलबाट निर्वाचित भएका नेताहरूले जनताको भावना विपरीत दलिए दबाबमा परि जनताको हितमा काम नगरेकोेले आफले स्वतन्त्र उम्मेदवारी दिएको सुनाए ।,उनले भने ‘दलिए जनप्रतिनिधिहरूले जनताको आधारभूत आवश्यकतालाई पनि पुरा गर्न नसकेकोले स्वतन्त्र उम्मेदवारी दिएको छु,। आफ्नो चुनावी एजेन्डा नै जनताको आधारभूत आवश्यकता शिक्षा,कृषि,स्वास्थ्य,र सरफाइमा राखेकोले दलिए प्रवृत्ति हैन स्वतन्त्रलाई रोजन मतदाtfहरूलाई आग्रह समेत गरे,।

दलिय व्यवस्थामा संस्थागत भ्रष्टाचार बढेको आरोप लगाउँदै भ्रष्टाचार र कुशासनको विरुद्ध आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।
प्रतिनिधिसभाका चार निर्वाचन क्षेत्रका लागि जम्मा ८५ जनाले उम्मेदवारी दिएका छन् । जस मध्ये ४८ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । प्रदेशसभाको ८ निर्वाचन क्षेत्रका लागि ११९ जनाले उम्मेदवारी दिएका छन्, भने ७१ जनाको स्वतन्त्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतका कार्यालय सिराहाले जनाएको छ ।

प्रतिनिधि र प्रदेशसभा गरी १२ क्षेत्रमा पार्टीकोभन्दा बढीले उम्मेदवारी दिएका छन्। करिब ५४ प्रतिशतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिनिधि सभाको लागि सिरहा क्षेत्र नम्बर १ बाट २३ जनाको उम्मेदवारी परेका छन्। जसमध्ये १० जना स्वतन्त्र र १३ जना पार्टीका उम्मेदवार छन् । क्षेत्र नम्बर २ मा जम्मा २३ जनाको उम्मेदवारी पर्दा १५ जना स्वतन्त्र र ८ जनामात्र पार्टीबाट उम्मेदवारी परेका छन् ।

त्यसैगरी, सिरहा ३ बाट जम्मा २२ जनाको उम्मेदवारी परेको छ। उम्मेदवारमध्ये १४ जनाले स्वतन्त्र र पार्टीका ८ उम्मेदवार छन् । क्षेत्र नम्बर ४ बाट जम्मा १९ जना उम्मेदवारी दिएका छन्। जसमध्ये स्वतन्त्र ९ र दलका १० जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. १ को ‘क’ बाट जम्मा १६ जना उम्मेदवारी पर्दा ६ जना स्वतन्त्र र १० पार्टीका उम्मेदवार छन् । ‘ख’ बाट जम्मा १४ जना उम्मेदवार जसमध्ये ६ जना स्वतन्त्र र ८ पार्टीका छन् ।

क्षेत्र नं. २ को ‘क’ बाट जम्मा १५ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये ८ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन्। ‘ख’ बाट जम्मा १६ जनाको उम्मेदवारी पर्दा ९ जना स्वतन्त्र र ७ पार्टीका उम्मेदवार छन् ।

क्षेत्र नं. ३ बाट प्रदेश सभा सदस्यको ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिँदा १३ जना स्वतन्त्र र ५ पार्टीका उम्मेदवारी परेको छ। ‘ख’ बाट जम्मा १४ जना उम्मेदवारी परेको छ। जसमध्ये ९ जना स्वतन्त्र र ५ पार्टीका छन् ।

प्रदेश सभा सदस्यको लागि क्षेत्र नं. ४ का ‘क’ बाट जम्मा १८ जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये १० जना स्वतन्त्र र ८ पार्टीका छन् । ‘ख’ मा जम्मा १८ जना उम्मेदवारी परेको छ। जसमध्ये ११ जना स्वतन्त्र र ७ पार्टीका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago