काठमाडौँ: एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र संदिग्ध व्यक्तिहरूलाई संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले प्रभु साहलाई संदिग्ध गतिविधि गर्दै आएको जानकारी रहँदा पनि आफूले टिकट दिएको तर धोका भएको अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै मंगलबार रावलले सोधेका छन्, ‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
प्रतिनिधिसभा सदस्यका लागि अछाम-१ बाट एकल सिफारिस हुँदा पनि रावललाई ओलीले टिकट दिएका थिएनन् । रावल अछाम र सुदूरपश्चिम प्रदेश कमिटीबाट एकल उम्मेदवार सिफारिस भए पनि ओलीले विगतमा गरेका गतिविधिका लागि माफी नमागेसम्म टिकट नदिने भन्ने अडान लिएका थिए ।

आफूले टिकट नपाएपछि रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टी नेतृत्वलाई प्रश्न गर्दै आएका छन् । उनले पछिल्लो समय पार्टीमा संदिग्ध गतिविधि गर्ने व्यक्तिहरू र पार्टीलाई घाटा पुर्‍याउने व्यक्तिहरूलाई अध्यक्ष ओलीले नै संरक्षण र अगाडि बढाउने काम गरिरहेको आरोप लगाउँदै आएका छन् ।

रावलले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई सूर्य चुनाव चिह्नबाट टिकट दिएको र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेकोप्रति पनि असन्तुष्टि जनाएका छन् । सोमबार रावलले ट्विट गरेका थिए, ‘अनैतिकताको नमूना : कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिह्नमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने ! निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने ? यस्तैलाई एमालेले बोक्ने ? के हुन लाग्यो ?’ एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर-१ मा सूर्य चिह्न दिएर उम्मेदवार बनाएको छ ।

आफूले टिकट नपाएको विषयमा भने रावलले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले समय आएपछि त्यसबारे आफू बोल्ने भन्दै मौनता साँधेका छन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago