काठमाडौँ: एमाले नेता भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र संदिग्ध व्यक्तिहरूलाई संरक्षण गरेको भन्दै प्रश्न गरेका छन् । अध्यक्ष ओलीले रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीको टिकट पाएर पनि स्वतन्त्र उम्मेदवार बनेका स्थायी कमिटी सदस्य प्रभु साहबारे दिएको अभिव्यक्तिलाई लिएर रावलले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले प्रभु साहलाई संदिग्ध गतिविधि गर्दै आएको जानकारी रहँदा पनि आफूले टिकट दिएको तर धोका भएको अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्तिमाथि प्रश्न उठाउँदै मंगलबार रावलले सोधेका छन्, ‘प्रभु साहको ‘विद्रोह’बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो । ‘हरियो सर्प’ भनेको पनि आयो । ‘संदिग्ध र हरियो सर्प’लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं ‘संदिग्ध र रंगिविरंगी सर्प’ किन हुर्काइँदैछ भन्ने पनि स्पष्ट गर्ने कि ?’
प्रतिनिधिसभा सदस्यका लागि अछाम-१ बाट एकल सिफारिस हुँदा पनि रावललाई ओलीले टिकट दिएका थिएनन् । रावल अछाम र सुदूरपश्चिम प्रदेश कमिटीबाट एकल उम्मेदवार सिफारिस भए पनि ओलीले विगतमा गरेका गतिविधिका लागि माफी नमागेसम्म टिकट नदिने भन्ने अडान लिएका थिए ।
आफूले टिकट नपाएपछि रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत पार्टी नेतृत्वलाई प्रश्न गर्दै आएका छन् । उनले पछिल्लो समय पार्टीमा संदिग्ध गतिविधि गर्ने व्यक्तिहरू र पार्टीलाई घाटा पुर्याउने व्यक्तिहरूलाई अध्यक्ष ओलीले नै संरक्षण र अगाडि बढाउने काम गरिरहेको आरोप लगाउँदै आएका छन् ।
रावलले राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई सूर्य चुनाव चिह्नबाट टिकट दिएको र जनता समाजवादी पार्टीसँग गठबन्धन गरेकोप्रति पनि असन्तुष्टि जनाएका छन् । सोमबार रावलले ट्विट गरेका थिए, ‘अनैतिकताको नमूना : कमल थापा एमालेको सूर्यमा उम्मेदवार हुने तर निजका अरु उम्मेदवार तीर चिह्नमा लड्ने र उपेन्द्र यादवको जसपा सरकारमा रहिरहने तर तालमेल एमालेसँग गर्ने ! निर्वाचन आयोगले एक व्यक्ति दुई पार्टीमा रहन नसक्ने भनी प्रष्ट्याउनु पर्ने ? यस्तैलाई एमालेले बोक्ने ? के हुन लाग्यो ?’ एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मकवानपुर-१ मा सूर्य चिह्न दिएर उम्मेदवार बनाएको छ ।
आफूले टिकट नपाएको विषयमा भने रावलले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् । उनले समय आएपछि त्यसबारे आफू बोल्ने भन्दै मौनता साँधेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…